नेपाली अन्डर १९ टिम दोस्रो खेलमा ८ विकेटले पराजित 

खरीबोट
ad

काठमाडौँ। भारत भ्रमणमा रहेको नेपालको अन्डर-१९ टिमले भारतीय अन्डर १९ टिमसँग ८ विकेटले हार बेहोरेको छ। नेपाली अन्डर १९ टिमको यो दोस्रो हार हो। 
 
नेपालले दिएको १५७ रन पछ्याएको भारतीय अन्डर १९ टिमले २४.१ ओभरमा २ विकेट गुमाउदै सो लक्ष्य पुरा गरेको थियो।  भारतका लागि वाईभी राथोड़ले सर्वाधिक ५९ रन बनाएका थिए भने कप्तान अनुज रावतले ४७ तथा प्रभसिमरनसिंहले ४६ रन बनाएका थिए। 

नेपालका लागि कमल सिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका थिए। 

यसअघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै नेपाली टिम ४५.५ ओभरमा १५६ रन बनाएर अलआउट भएको थियो । 

लखनउस्थित एकाना अन्तर्रास्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपालका लागि सन्दीप जोराले ६६ रन बनाए भने ट्रितराज दासले ४६ रनको पारी खेलेका थिए भने भिम सार्कीले २८ रन बनाएका थिए। यी बाहेक नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

त्यस्तै भारत अन्डर १९ का बलर वाईडि म्यांगवानी र अजय देव गौडले ४-४ विकेट लिएका थिए। 

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई ) को आयोजनामा लखनउमा आयोजना भइरहेको नेपाल अन्डर-१९, भारत, अन्डर-१९, अफगानिस्तान अन्डर-१९ र भारत अन्डर-१९ (बि) सहभागी भएको चौकोणीय एकदिवसीय सिरिज अन्तर्गत नेपालले  खेल अब आगामी शनिबार अफगानिस्तान अन्डर-१९ विरुद्ध खेल्ने कार्यक्रम रहेको छ।  त्यस्तै  उपाधिका लागि सेप्टेम्बर १८ मा शिर्ष दुई टिमबीच खेल हुने छ भने तेस्रो स्थानका लागि तेस्रो र चौथो हुने टिम सेप्टेम्बर १८ मै खेल्ने छन् । सबै खेल लखनउस्थित एकना इन्टरनेशल क्रिकेट मैदान 'ए' र 'बि' मा हुने छन्।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले बुधबार भारत अन्डर-१९ (बि) सँग ४० रनको हार बेहोरेको थियो। 

सम्बन्धित समाचार

अफगानिस्तानसँग नेपाल ७१ रनले पराजित 

काठमाडौँ। भारतको लखनउमा जारि अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत तेश्रो स्थानको लागि प्लेअफमा नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित भएको छ।  अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछायाएको नेपालले ४५ ओभरमा १७३ रन

भारतमा भएको अन्डर १९ को चौकोणीय सिरिज भारतको 'बि' टिमले जित्यो 

काठमाडौँ। भारतको लखनउमा भएको नेपाल, अफगानिस्तान, भारत ‘ए’ र ‘बि’ सम्मेलित अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज भारतीय नेशनल एकेडेमीका खेलाडीहरु समावेश रहेको भारतीय अन्डर १९ टिम च्याम्पियन बनेको छ।  आज भएको सिरिजको

नेपाली अन्डर १९ टिमले अफगानिस्तानविरुद्ध तेश्रो स्थानको लागि प्लेअफ खेल्दै

काठमाडौँ। भारतको लखनउमा जारि नेपाल, अफगानिस्तान, भारत ‘ए’ र ‘बि’ सम्मेलित अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत नेपालले तेश्रो स्थानको लागि प्लेअफमा आज अफगानिस्तानको सामना गर्दै छ।  सिरिजको ४ वटै टिमले एक-अर्कासंग

अफगानिस्तानमाथि नेपाली अन्डर १९ टिम बिजयी

काठमाडौँ। भारत भ्रमणमा रहेको नेपालको अन्डर-१९ टिमले आज अफगानिस्तानको अन्डर १९ टिमलाई २५ रनले पराजित गरेको छ।  नेपालले दिएको १९० रनको लक्ष्य पछायाएको अफगानिस्तानको युवा टोली ४७.४ ओभरमा १६४ रन बनाएर