• २०८१ बैशाख ११ मंगलबार

नेपाली अन्डर १९ टिम दोस्रो खेलमा ८ विकेटले पराजित 

kharibot

काठमाडौँ। भारत भ्रमणमा रहेको नेपालको अन्डर-१९ टिमले भारतीय अन्डर १९ टिमसँग ८ विकेटले हार बेहोरेको छ। नेपाली अन्डर १९ टिमको यो दोस्रो हार हो। 
 
नेपालले दिएको १५७ रन पछ्याएको भारतीय अन्डर १९ टिमले २४.१ ओभरमा २ विकेट गुमाउदै सो लक्ष्य पुरा गरेको थियो।  भारतका लागि वाईभी राथोड़ले सर्वाधिक ५९ रन बनाएका थिए भने कप्तान अनुज रावतले ४७ तथा प्रभसिमरनसिंहले ४६ रन बनाएका थिए। 

नेपालका लागि कमल सिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका थिए। 

यसअघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै नेपाली टिम ४५.५ ओभरमा १५६ रन बनाएर अलआउट भएको थियो । 

लखनउस्थित एकाना अन्तर्रास्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपालका लागि सन्दीप जोराले ६६ रन बनाए भने ट्रितराज दासले ४६ रनको पारी खेलेका थिए भने भिम सार्कीले २८ रन बनाएका थिए। यी बाहेक नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

त्यस्तै भारत अन्डर १९ का बलर वाईडि म्यांगवानी र अजय देव गौडले ४-४ विकेट लिएका थिए। 

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई ) को आयोजनामा लखनउमा आयोजना भइरहेको नेपाल अन्डर-१९, भारत, अन्डर-१९, अफगानिस्तान अन्डर-१९ र भारत अन्डर-१९ (बि) सहभागी भएको चौकोणीय एकदिवसीय सिरिज अन्तर्गत नेपालले  खेल अब आगामी शनिबार अफगानिस्तान अन्डर-१९ विरुद्ध खेल्ने कार्यक्रम रहेको छ।  त्यस्तै  उपाधिका लागि सेप्टेम्बर १८ मा शिर्ष दुई टिमबीच खेल हुने छ भने तेस्रो स्थानका लागि तेस्रो र चौथो हुने टिम सेप्टेम्बर १८ मै खेल्ने छन् । सबै खेल लखनउस्थित एकना इन्टरनेशल क्रिकेट मैदान 'ए' र 'बि' मा हुने छन्।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले बुधबार भारत अन्डर-१९ (बि) सँग ४० रनको हार बेहोरेको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै