• २०८१ बैशाख ७ शुक्रबार

एप्पलका तीन नयाँ आईफोनका यी हुन् मुख्य विशेषता र मूल्य

kharibot

काठमाडौं । चर्चित स्मार्टफोन निर्माता कम्पनी एप्पलले तीनवटा नयाँ आईफोन ल्याएको छ । ती नयाँ आईफोनहरुमा आईफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआर रहेका छन् । यी तीनवटा आईफोन आएसँगै गत वर्षको आईफोन एक्सलाई विस्थापन समेत गरिएको छ । 

आईफोन एक्सएस र एक्सएस म्याक्सको तुलनामा एक्सआर भने धेरै नै सस्तो रहेको छ । आईफोन एक्सआरको सुरु मूल्य नै ७९९ डलर अर्थात् ९१ हजार ५ सय ९ रुपैयाँ रहेको छ । यो एकदमै कम स्टोरेज क्षमताको हकमा तोकिएको मूल्य हो । त्यसैगरी एक्सएसको करिब १ लाख १४ हजार रुपैयाँ रहेको छ, जुन गत वर्षको आईफोन एक्सकै मूल्यबराबर हो  भने एक्सएस म्याक्स ६४ जीबी मोडेललाई १ लाख २५ हजार रुपैयाँ पर्न आउँछ ।  

आईफोन एक्सएस र एक्सएस म्याक्समध्ये एक्सएस ५.८ इन्चको छ भने म्याक्स ६.५ इन्चको रहेको छ । दुवैमा ओलेड एचडीआर स्क्रिन अर्थात् सुपर रेटिना डिस्प्ले रहेका छन् । यिनीहरु गोल्ड, सिल्भर र स्पेस ग्रे कलरमा उपलब्ध छन् । यिनीहरुमा १२ मेगापिक्सेल वाइड र टेलिफोटो लेन्सको डुअल क्यामरा रहेका छन् । त्यस्तै ७ मेगापिक्सेलको अगाडि क्यामरा रहेको छ, जसबाट पोट्रेट मोडमा समेत तस्बिर लिन सकिन्छ ।

त्यस्तै ए१२ बायोनिक चिप रहेको फोनमा ७ नानोमिटर प्रोसेसर छ । यसकै कारण २०१७ को फोनभन्दा ३० प्रतिशत छिटो फोन चल्छ ।

यी दुवैको स्टोरेज तीन चरणमा छ, जुन ६४ जीबी, १२८ जीबी र ५१२ जीबी रहेका छन् । त्यसैगरी आईपी६८ वारट रेसिस्टेन्स रेटिंग रहेको छ । जसले २ मिटर गहिराइसम्म ३० मिनेटसम्म पानी छिर्न दिँदैन । ब्याट्री लाइफको कुरा गर्दा एक्सभन्दा एक्सएस ३० मिनेट बढीसम्म टिक्न सक्छ भने म्याक्स एक्सभन्दा डेढ घण्टा बढी समयसम्म टिक्न सक्छ । 

त्यस्तै अर्को महत्वपूर्ण विशेषता भनेको इ सिम प्रविधियुक्त डुअल सिम (दुई सिमयुक्त) भएको फोन हुन् यी दुवै भने फेस आईडीमार्फत अनलक गर्ने सुविधा रहेको छ । ३डी टर प्रेसर सेन्सिटिभ स्क्रिन रहेको स्टेरियो साउन्ड फोनमा रहेको छ । यी फोनमा आईओएस१२ सफ्टवेयर पनि रहेको छ । 

सस्तो फोन एक्सआरका विशेषता  
यो फोनमा ६.१ इन्चको एलसीडी स्क्रिन रहेको छ भने १७९२ ८२८ पिक्सेल रिजोलुसन र ३२६ पीपीआईको रेटिना डिस्प्ले रहेको छ ।

वाइड एंगलसहितको १२ मेगापिक्सेलको सिंगल क्यामरा, जसमा एक्सएसमा जस्तै ओआईएस रहेको छ ।

यसको स्टोरेज अप्सनहरु छन्, ६४, १२८ र २५६ जीबीका । सफ्टवेयरमार्फत पोट्रेट मोड फोटो, फेस आईडी, ए१२ बायोनिक चिप र आईफोन ८ प्लसभन्दा डेढ घण्टासम्म टिक्ने ब्याट्री रहेको बताइएको छ ।

यसमा भने ३डी टच रहेको छैन, यसको सट्टा ह्याप्पिटक टच रहेको छ । ब्ल्यु, कोरल पिंक, येलो, ह्वाइट, ब्ल्याक र रेड कलरमा यो फोन किन्न सकिन्छ । 

यसको मूल्य ७ सय ४९ डलरबाट सुरु हुन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै