थप २३ सय गुनासोकर्ता पुनर्निर्माण लाभग्राही सूचीमा

खरीबोट

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले २ हजार ३ सय ४५ गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राही कायम गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३ हजार ३ सय ७९ गुनासो फछ्र्यौट गरेको हो । बैठकले ९ हजार ८ सय ३७ गुनासोकर्तालाई प्रबलीकरण लाभग्राहीमा सूचीकृत गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, ८ सय ५९ गुनासोकर्तालाई संभावित लाभग्राही कायम गरेको छ ।

कार्यकारी समितिले १४ जिल्लाका अति प्रभावित ७ हजार ८ सय ८४ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ । त्यसैगरी, प्रभावित १६ जिल्लाका ३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० जनाको अर्को स्थानमा बस्न योग्य घर भए÷नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय पनि गरेको छ । पुनर्निर्माण लाभग्राहीले आफ्नो घर पुनर्निर्माण गर्न प्राधिकरणबाट तीन किस्तामा तीन लाख र प्रबलीकरण लाभग्राहीले दुई किस्तामा एक लाख रुपैयाँ अनुदान पाउँछन् ।

सम्बन्धित समाचार

नुवाकोटका २८ विद्यालयको पुनर्निर्माण कार्य अन्योलमा

नुवाकोट । विद्यालयको आफ्नै नाममा जग्ग्गा नहुँदा भूकम्पले क्षतिग्रस्त नुवाकोटका २८ विद्यालयको पुनःनिर्माण कार्य अन्योल भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पले भवनमा क्षति पुगेपछि ती विद्यालयको आफ्नै नाममा

भूकम्प बिर्सिँदै बारपाक : ८५ प्रतिशत पुनर्निर्माण सकियो

बारपाक (गोरखा) । तीन वर्षअघिको विनाशकारी भूकम्पले थङथिलो पारेको बारपाकमा ८५ प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रोशन विकले बारपाकमा

माजु देवल पुनर्निर्माण सुरु 

काठमाडौँ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हनुमानढोका नजिकैको कुमारीघर र काष्ठमाण्डपकै आसपासमा रहेको चर्चित सम्पदा माजु देवलको आजबाट पुनर्निर्माण कार्य सुरु भएको छ । सोमबार काठमाडौँ महानगरपालिकाका मेयर

पुनर्निर्माणका दुई लाख गुनासो फर्छ्यौट, सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकदेखि

काठमाडौँ / पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्याैट भएको छ ।  निजी अवास पुनः निर्माण लाभग्राही सूचीमा नपरेकामा दुई लाख ३७ हजार ८५ जनाले स्थानीय तहको वडामार्फत


z