नाडा अटो शोमा हुण्डाईले लन्च गर्यो नयाँ ईलेक्ट्रीक कार 

खरीबोट
ad

काठमाडौँ।  लक्ष्मी इन्टरकन्टिनेनटल हुण्डाईको नेपालका लागि आधिकारिक डिलरले आफ्नो नयाँ ईलेक्ट्रीक कारको लन्च नेपाल अटोमोबाइल डिलरस् एशोसियशन नाडा शोमा लन्च गरेको छ। हुण्डाई आइओएनआइक्यू हुण्डाई नेपालको नयाँ इलेक्ट्रीक गाडीको सेग्मेन्टकै पहिलो गाडी हो ।

आइओएनआइक्यूमा २८ केडब्लुएच लिथियम-इओन पोलिमर ब्याट्रीमा कनेक्ट हुने ८८ केडब्लुको ईलेक्ट्रीक मोटर छ, जसले एक चोटि चार्ज गरे पछि २०० देखि २५० किलोमिटरको ड्राइभिङ दिन्छ र यसमा ११० भोल्ट आउटलेटमा सजिलै प्लग गर्न मिल्ने ओबिसि चार्जर हुन्छ । नयाँ कारमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्र प्रदान गर्दछ । आइओएनआइक्यको साथ ग्राहकले अब ईलेक्ट्रीक गाडी किन्दा लुक्समा सम्झौता गर्नु पर्दैन ।

उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई हुण्डाईले आइओएनआइक्यूको साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ । हुण्डाई ग्राहकहरुको बारे सोच्ने ब्राण्ड हो र हामी हाम्रो भावी सन्ततीलाई फाइदा हुने दीर्घकालीन परिवर्तन ल्याउन सफा मोबिलिटी समाधान प्रदान गर्नका लागि प्रतिबद्ध छौं । ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरण मैत्री गाडीहरुबाट प्रेरित गर्न हुण्डाई भविष्यको पूर्णरुपले तयार छ ।
 

सम्बन्धित समाचार

‘नाडा अटो शो’ सकियो,  करिब एक अर्बको कारोवार

काठमाडौँ। नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको मेला ‘नाडा अटो सो’ मा करीब रु एक अर्ब बराबरको कारोवार भएको छ ।  यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ

नाडा अटो शोको आकर्षण : हुन्डाईको ईलेक्ट्रीक कार !

काठमाडौँको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा हुण्डाईको ईलेक्ट्रीक कार हुण्डाई आइओएनआइक्यू अवलोकन गर्दै । यसै नाडा शोमा हुन्डाईले आफ्नो इलेक्ट्रीक सेग्मेन्टको पहिलो गाडी लन्च गरेको हो। तस्बीर : रासस 

नाडा अटो शोमा हुण्डाईले लन्च गर्यो नयाँ ईलेक्ट्रीक कार 

काठमाडौँ।  लक्ष्मी इन्टरकन्टिनेनटल हुण्डाईको नेपालका लागि आधिकारिक डिलरले आफ्नो नयाँ ईलेक्ट्रीक कारको लन्च नेपाल अटोमोबाइल डिलरस् एशोसियशन नाडा शोमा लन्च गरेको छ। हुण्डाई आइओएनआइक्यू हुण्डाई नेपालको नयाँ इलेक्ट्रीक गाडीको सेग्मेन्टकै

नाडा अटो शोमा टोयोटाको स्पेसल अफर 

काठमाडौँ।  नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले यहि भाद्र २६ देखि ३१ गतेसम्म भइरहेको नाडा अटो शो २०१८ मा स्पेसल अफरको घोषणा गरेको छ ।  अन्तरास्ट्रिय अटोमोबायल ब्राण्डहरुका लागि