समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइन्छ  : प्रधानमन्त्री ओली 

खरीबोट
ad

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइने बताएका छन् । 

कारोवार आर्थिक दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन –२०१८ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो राजनीतिक सङ्क्रमणपछि आर्थिक विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको बताए । 

उनले भने, “लामो राजनीतिक सङ्क्रमणकाल पार गर्दै संविधानसभाबाट संविधान जारी गरेपछि हामी आर्थिक विकास र समृद्धिको नयाँ यात्रामा अघि बढेका छौँ ।” प्रधानमन्त्री ओलीले भने, “हामी समय खेर फाल्ने अवस्थामा छैनौ । समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याउन चाहन्छौं ।” 

प्रधानमन्त्री ओलीले नेपालका अधिकांश जनता कृषिमा आश्रित भएकोले सरकार यो क्षेत्रको आधुनिकीकरण गर्न कृषि उद्योगलाई प्रोत्साहन गर्न सकारात्मक भएको जनाउँदै “नेपालको कृषि र पर्यटन नेपालीलाई समृद्ध बनाउने मुख्य आधार हुनसक्छ” भने । 

उनले नेपालमा निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह पनि गरे । 

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली आज अमेरिका जादै, यस्तो छ भ्रमणको कार्यसूची 

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दै छन्। उनका साथमा उनकी धर्मपत्नी राधिका

प्रधानमन्त्री ओली शनिबार अमेरिका जाने, यस्तो छ भ्रमणको कार्यसूची 

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन्। उनका

निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री ओली

काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका  छन  ।  नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक

सुस्तरी चल्ने तथा दौडन खोज्ने बीचको द्वन्द्वले अलमल भयो - प्रधानमन्त्री ओली 

काठमाण्डौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षौदेखिको विकास र समृद्धिको चाहना पूरा गर्ने बाहेक कुनै पनि बहानाबाजी जनतालाई सैह्य नभएको सरकारले बुझेको बताएका छन्। संविधान दिवसका अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा भएको विशेष