• २०८१ बैशाख १३ बिहीबार

नेपालमा अल्जाइमर रोगीको तथ्यांक नै छैन  : डा. बराल

kharibot

आफ्नो नामै बिर्सिने, उमेर बिर्सिने, आफ्नै परिवारको सदस्यलाई बिर्सिने, भर्खरै खाएको बसेको कुरा पनि बिर्सिने, बानी भएपछि के होला ? यस्तो अवस्थाले सबैलाई असजिलो बनाउँछ नै । हो यही अवस्थालाई ‘डिमिन्सिया’ भनिन्छ ।  विशेष गरी प्रायःजसो डिमिन्सिया र अल्जाइमर रोगलाई सँगसँगै राखेर हेर्ने गरिन्छ । बिर्सिने रोग भनेर चिनिने ‘डिमिन्सिया’को मुख्य कारण अल्जाइमर नै हो ।  सेप्टेम्बरलाई विश्व अल्जाइमर महिनाका रुपमा विश्वभरी मनाइने गरिन्छ ।

डिमिन्सिया रोग लागिसकेपछि मुख्य रुपमा यसको कारण यही हो भनेर अझै पनि पत्ता लगाउन सकिएको छैन  । तर पनि केही कुराहरुले यो रोग बढ्न जान्छ  भन्ने कुराहरु पनि राखिएको छ । यो रोग लागिसकेपछि मानिसहरुले नियमित गर्ने कार्यहरु गर्न सक्दैनन । सैद्धान्तिक रुपमा ‘शर्ट टम मेमोरी लस’ भन्ने गरिन्छ । ‘शर्ट टम मेमोरी लस’ भन्नाले भर्खरै भएका गतिविधि बिर्सिनु भन्ने नै हो । दिमागको नशा सुक्दै गएर अल्टिमेटली डिमिन्सिया हुने अवस्थालाई अल्जाइमर भनिन्छ । विशेष गरेर यसमा दिमागको नशा सुक्छ । ६५ वर्ष उमेर पछिकालाई बढि देखिने गर्दछ । जति उमेर बढ्दै गयो त्यति नै यो रोगको सम्भावना बढ्दै जान्छ । यसै सन्दर्भमा हामीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मानसिक स्वास्थ्य शाखा प्रमुख वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. फणिन्द्र प्रसाद बरालसँग खरीबोट डटकमकी सकला दवाडीले गरेको कुराकानीको सम्पादित अंश :
 
डिमिन्सिया मुख्यतया के कारणले हुने गर्छ ?  
उमेर, सामान्यतया ६० वर्षदेखि यो समस्या देखिने गर्छ । जब उमेर ५ वर्ष बढ्छ यो रोग लाग्ने सम्भावना पनि दोब्बर बढेर जान्छ । ८५ वर्षभन्दा माथिका एक तिहाइ मानिसहरुलाई चाहिँ यो रोग लाग्ने देखिन्छ । यस्तो खालको रोग लाग्नमा पारिवारिक पृष्ठभूमिले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आमाबाबुलाई यो रोग छ भने सन्ततिलाई  हुने सम्भावना बढी हुन्छ र कुनै विशेष केही जिनहरु यो रोगसँग सम्बन्धित छ भने पनि हुन्छ । अन्य धेरै कारणले पनि अल्जाइमर डिजिजलाई सहायता पुर्याउँछ ।

कस्ता व्यक्तिमा डिमिन्सिया हुने सम्भावना बढी हुन्छ ? 
यसमा सामान्य कुराहरु जस्तै हाम्रो जीवनशैलीको कुरा, कति एक्सरसाइज गर्छौं ? कति स्वस्थकर खाना खान्छौं, हामीमा हाइपोटेन्सन तथा डाइबेटिज लागेका छन् कि छैनन् । कार्डियोभाष्कुर डिजिजसम्बन्धी रोगहरु लागेको छ कि छैन ? यस्ता कारणले गर्दा पनि व्यक्तिहरु कमजोर हुने गर्दछन् । उसमा अल्जाइमर हुने सम्भावना बढी हुन्छ । मुख्य गरेर भन्ने हो भने कउन्टी फङ्सन र मेमोरी लस नै समस्याको रुपमा देखिन्छ ।

विश्वमा अल्जाइमर डिमिन्सियाकै एउटा कारण हो । कनै पनि कारणले डिमिन्सिया लाग्न सक्छ । एउटै कारण भन्ने हुँदैन । भेग टमलाई डिमिन्सिया भनिन्छ । डिमिन्सिया मानसिक रुपमा तयारी भएर कुनै पनि काम गर्न नसक्ने अवस्था हो ।  यसमा बेहोसिपना भएको सचेत नहुने अवस्था केही गरे पनि सम्झिन नसक्ने अवस्था एकछिन अगाडि के भएको थियो भन्ने कुरा सम्झिन नसक्ने कहिलेकाहीँ त आफ्नै छोराछोरीलाई पनि त को अरे ? भन्नेसम्मको अवस्थामा पुर्याउँछ यो रोगले । त्यतिसम्म पनि हुने गर्छ । यो बिर्सिने रोगको कारण अल्जाइमर डिजिज हो । 

कारणहरु चेन्ज गर्न सकिने र नसकिने गरी दुई किसिमका छन् । चेन्ज गर्न नसक्नेमा उमेर कारण ‘हिस्टोरिकल जेनेटिक’ कारण हन् । मोडिफायर डिस्फ्याक्टरमा रेगुलर एक्सरसाइज गर्यौँ भने यो रोग लाग्ने सम्भावना कम हुन्छ । अर्को मुटु स्वस्थ राख्ने मुटु स्वस्थ राखियो भने मुटुले पम्प गर्ने रगत ब्रेनमा पुग्छ । ब्रेनमा रगत एजुकेड मात्रामा पुग्यो भने ब्रेन तथा ब्रेनको नशा सुक्ने सम्भावना कम हुन्छ । त्यसै कारणले मुटु स्वस्थ राख्न एकदमै जरुरी छ । मुटु स्वस्थ राख्नलाई मुटुमा असर गर्ने रोगहरुबाट बच्न पर्यो । मुटुलाई असर गर्ने रोगहरुमा हृदयाघात, सुगरले पनि मुटुलाई असर गर्छ । मोटोपना, स्मोकिङ गर्ने मानिसलाई पनि मुटुसम्बन्धी समस्या हुनसक्छ  । यो कुरालाई नियन्त्रण गरेर जान सक्यौं भने अल्जाइमर हुने सम्भावना कम हुन्छ । 

यस्ता रोगका बिरामीले कस्तो खालको खानपान गर्नुपर्छ ?  
खानपानको कुरामा विशेष ध्यान दिनुपर्छ । खानपानको कुरामा अनहेल्दी र हेल्दी डाइटको प्रयोग गर्ने भन्ने कुरा आउँछ । स्वस्थ खाना हामीले प्रशस्त मात्रामा खानुपर्छ । स्वस्थ खाना भन्नाले कार्बोहाइड्रेट, प्रोटिन, चिल्लोपदार्थ मिलाएर निश्चित मात्रामा प्रयोग गर्ने अर्थात् खाने गर्नुपर्छ ।  धेरै मात्रा कार्बोहाइडे«ट र चिल्लो पदार्थ खान भएन भने भिटामिन मिनिरल्स र प्रशस्त मात्रामा फलफूल खाने कुराहरु हेल्दी डाइटमा पर्छन् । बढी सुगर, बढी चिल्लो कुराहरु पनि खान हुँदैन । यस्ता किसिमका खानालाई कम गर्नुपर्छ र शाकाहारी खाना सागसब्जी र फलफूल प्रशस्त मात्रा खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसरी सन्तुलित आहारको प्रयोगबाट पनि केही हदसम्म यस्ता रोगबाट बच्न सकिन्छ ।  

के कारण ‘रिस्क’ हुन्छ ? 
हामीलाई कहिलेकाहीँ चोटपटक लाग्छ । रिपिटेट ब्रेन ट्रमा भयो, इन्जुरी भयो भनेचाहिँ अल्जाइमर बढ्ने सम्भावना बढी हुन्छ । यसलाई ‘हाई रिस्क फ्याक्टर’ भनिन्छ । यही कारण हो भनेर थाहा नपाए पनि दिमागमा एक किसिमको प्रोटिन, जुन दिमागको विभिन्न सेलहरु हुन्छन् । ती सेलको बाहिरपट्टी एउटा विटाएवालेज भन्ने प्रोटिन हुन्छ । त्यो प्रोटिन जम्मा भयो भने यो रोग लाग्नसक्छ । अर्को टाउ प्रोटिन हुन्छ यो नब्स सेलभित्रै जम्मा भयो भने यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।

यसको डाइनोसिस गर्नचाहिँ ढाडबाट पानी निकालेर सीएसएल एक्जामिनेसन गरेर टाउ प्रोटिन देख्न पनि सकिन्छ । त्यो मृत्यु हुनुभन्दा अगाडि पनि कसैलाई शंका भयो भने अल्जाइमर हुने सम्भावना कति छ हुन्छ कि हुँदैन भनेर भन्न सक्छौं भने देखिने डाइनासिस चाहिँ पोस्टमार्टम पछि सेलहरुलाई चिरेर हेर्यौँ भने त्यसलाई केमिकल टेस्ट गरेर हेर्दा यी दुई प्रोटिन देखियो भने डिमिन्सिया भएको प्रमाणित हुन्छ । यो रोग बिर्सिने रोग हो आफ्नो दैनिक कामहरु गर्न नसक्ने, कुनै कुरा सम्झिन नसक्ने, आफूले के प्लान गरेको छु भनेर बिर्सिने आदि कारणहरुले चिनिने रोग हो । यस्ता रोगले मान्छेका दैनिक जीवनशैलीलाई नै अवरोध गरेको हुन्छ । 

डिमिन्सिया रोगकोे अवस्था विश्वमा कस्तो छ ? 
सेप्टेम्बरलाई विश्वमा अहिले वल्र्ड अल्जाइमर मन्थ भनेर मनाइन्छ । सेप्टेम्बर २१ मा दिवसको रुपमा मनाउने गरिएको छ । यो अल्जाइमर भनेको के हो ? डिमिन्सिया भनेको के हो ? भन्ने कुरा आम पब्लिकलाई सबै देशका मान्छेलाई थाहा होस् भनेर यो कार्यक्रम गर्ने गरिन्छ । 

अहिले विश्वमा ५० मिलियन मानिसहरु डिमिन्सियाबाट प्रभावित छन् । २०५० सम्ममा यो तीन डबल बढेर १५० मिलियन पुग्ने आँकलन गरिएको छ । यसको असर विकसितभन्दा पनि अविकसित र विकासोन्मुख देशहरुमा धेरै देखिने गरेको छ ।    

नेपालमा यो रोगको प्रभाव कस्तो छ ? 
नेपालको सन्दर्भमा यसको विषयमा विशेष अध्ययन भएको छैन तर उमेर बढेसँगै दिनानुदिन नेपालीमा पनि यो रोग बढ्दै गएको पाउन सकिन्छ । यति नै भयो भनेर भन्नलाई नेपालको सन्दर्भमा कुनै सर्वे भएको छैन ।  

यस्ता किसिमका बिरामीलाई सहयोग गर्न परिवारको भूमिका कस्तो रहनुपर्छ ?  
पारिवारिक सहयोग जुनसुकै रोगमा चाहिन्छ । विशेष गरी यो रोगमा दैनिकी नै बिर्सिने हुँदा हरेक क्रियाकलापको लागि परिवारको सहयोग धेरै आवश्यक हुन्छ । साथै विभिन्न किसिमबाट हेरचाह गर्नुपर्ने हुन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै