• २०८१ बैशाख ७ शुक्रबार

'बाँध मायाले' को तेस्रो गीत सार्वजनिक, सृष्टि र किशोरको रोमान्स

kharibot

काठमाडौँ। फिल्म बाँध मायाले को तेश्रो गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत रहेको सँग सँगै बोलको गीतमा अञ्जु पन्त र सुगम पोखरेलले सुमधुर स्वर दिएका छन् । शब्द संगीतकार पोखरेल नै लेखेका हुन् । नायिका सृष्टि श्रेष्ठ र नवनायक किशोर खड्का फिचरिङ रोमान्टिक गीतको भिडियो यस्तो बनेको छ।  

कोरियोग्राफर रामजी लामिछानेले गीतको भिडियोलाई सुन्दर बनाएका छन् । यो रोमान्टिक गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास गर्न सकिन्छ । यसअघि सार्वजनिक बाँध मायाले को शिर्ष गीतलाई रुचाइएको छ । फिल्मको प्रोमोले दर्शकको ध्यान तानेको छ । फिल्म असोज ५ गते देखि अल नेपाल प्रदर्शन हुँदैछ ।

सविर श्रेष्ठ निर्देशित फिल्म बाँध मायालेमा आर्यन अधिकारी र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथ मानव नायक खड्का, राजाराम पौडेल, विशाल चाम्लिङ र रविन प्रताप सेनको अभिनय छ । 

रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा केदार धिताल कार्यकारी निर्माताको रुपमा रहेकाछन् । सहनिर्माता महेन्द्र अधिकारी हुन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै