• २०८१ बैशाख १४ शुक्रबार

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

kharibot

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ साताव्यापी चीन भ्रमणका लागि आज अपराह्न बेइजिङ प्रस्थान गरेका छन् । 

भ्रमणका क्रममा उनले बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलिङ विभागका पदाधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भ्रमणकै दौरान प्रवक्ता श्रेष्ठले उच्च चिनियाँ राजनीतिक नेतृत्व र चीन सरकारका वरिष्ठमन्त्रीसँग पनि नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने उनका स्वकीय सचिव सुशन कर्मचार्यले जानकारी दिए  । 

भ्रमण दलमा १५ जनाको सहभागिता छ । उहाँ आगामी असोज ४ गते स्वदेश फर्किने छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै