मनकामना मन्दिर पुनःनिर्माण सम्पन्न, १८ किलो सुन लाग्यो 

खरीबोट

गोरखा। भूकम्पले क्षति पुर्याएको गोरखाको ऐतिहासिक तथा धार्मिक स्थल मनकामना मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । 

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पले क्षति पुर्याएको मन्दिर सोही वर्षको असारमा क्षमापूजा गरी भत्काएर पुनःनिर्माण शुरु गरिएको थियो । मन्दिरको गजुर, छाना, मूलढोकामा सुनको जलप लगाएर राष्ट्रिय पुरातत्व विभागले तोकेको मापदण्डअनुसार निर्माण गरिएको मन्दिर निर्माण समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए । 

“पुरानो मन्दिरमा पहिला पित्तलको छाना थियो, अहिले तामाको छानामा सुनको जलप लगाउने काम नयाँ भयो, अन्य संरचनामा कुनै फरक छैन”, संयोजक श्रेष्ठले भने । अन्य मन्दिरको छानामा सुनको जलप लगाउँदा नाइट्रिक एसिड प्रयोग गरेर लगाउने गरेको भए पनि आफूहरुले मनकामना मन्दिरको छानामा सुनको जलप लगाउँदासमेत पुरानै प्रविधिअनुसार चुक, नून, अमिलो र इँटाको ढुटोहरु प्रयोग गरेर बनाइएको उहाँले जानकारी दिए । 

त्यस्तै मन्दिर निर्माणका लागि आधुनिक प्रविधिको सिमेन्ट रडलगायतका कुनै पनि सामग्री प्रयोग नगरी पुरानै प्रविधिको प्रयोग गरिएको श्रेष्ठले बताए । मन्दिर निर्माणका लागि नेपाल सरकारबाट दुईपटक गरेर रु चार करोड सहयोग प्राप्त भएको र बाँकी रकम भक्तजनको सहयोगबाट सङ्कलन गरिएको उनले बताए । “मन्दिर निर्माणका लागि कति खर्च लाग्यो भनेर अहिले भन्नसक्ने अवस्था छैन, हाम्रो अनुमानमा रु १२ देखि १३ करोड खर्च भएको छ ।” 

संयोजक श्रेष्ठले भने, मन्दिर निर्माणका लागि सुनमात्रै १८ किलो खर्च भएको उनको भनाइ छ । “मूल मन्दिर सम्पन्न भइसकेको छ, दायाँबायाँको आँगन छाप्ने, पश्चिमपट्टिको भिरालो जमीनमा पर्खाल लगाउने काम बाँकी छ”, संयोजक श्रेष्ठले भने । 

नयाँ निर्माण सम्पन्न भएको मन्दिरबाट कहिलेदेखि पूजाआजा शुरु गर्ने भन्नेमा टुङ्गो नलागेको मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए । “मनकामना मन्दिर व्यवस्थापन समिति छ, त्यही समितिको बैठक बसेर भक्तका लागि नयाँ बनेको मन्दिर कहिलेदेखि खुला गर्ने भन्ने निर्णय गर्छ”, मूल पुजारी थापाले भने । 

अहिले मन्दिरको छेउमा सानो ठाउँ निर्माण गरी पूजाआजा गर्नुपर्दा समस्या भइरहेको उनले बताए । मनकामना मन्दिरमा नेपालसहित भारतलगायत युरोपेली देशबाट समेत भक्तजन आउने गरेको मूल पुजारी थापाले जानकारी दिए । उनका अनुसार मनकामना मन्दिरमा वार्षिक १२ लाखसम्म भक्तजन दर्शन गर्न आउने गरेका छन् । 

सम्बन्धित समाचार

मनकामना मन्दिर पुनःनिर्माण सम्पन्न, १८ किलो सुन लाग्यो 

गोरखा। भूकम्पले क्षति पुर्याएको गोरखाको ऐतिहासिक तथा धार्मिक स्थल मनकामना मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।  विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पले क्षति पुर्याएको मन्दिर सोही वर्षको असारमा क्षमापूजा

मनकामना मन्दिर क्षेत्र बन्यो लुटी खाने भाडो, केबलकारको भाडा पनि महँगो

मनकामना, गोरखा ।  मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ ।  गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ

सहयोग मागेरै मनकामना मन्दिर जीर्णोद्धार, सुन पनि मागियो

गोरखा ।  प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका लागि भक्तजनबाट रु छ करोडभन्दा बढी आर्थिक सहयोग संकलन गरेको मनकामना मन्दिर जीर्णोद्धार समितिले मन्दिरको छानामा राख्ने तामाको पातामा जलप लगाउनका लागि सुन मागेको

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप

मनकामना, गोरखा ।  चार सय वर्ष पुरानो मन्दिरलाई जगैदेखि भत्काएर पुनःनिर्माण भइरहेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप लगाउने काम शुरु भएको छ ।  मन्दिरको छानामा रहने तामाको


z