प्रकाण्ड फेरी पक्राउ, सर्वोच्चको असन्तुष्टि  

खरीबोट

काठमाडौं। सर्वोच्च अदालतको आदेशपछि रिहा भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड फेरि पक्राउ परेका छन् । 

दाङबाट काठमाडौं ल्याईएका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै आज न्यायाधीशहरु अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले प्रकाण्डलाई छाड्न आदेश दिएको थियो । आदेश अनुसार प्रहरीले प्रकाण्डलाई रिहा गरे पनि सर्वोच्च अदालतकै ढोकाबाटै पक्रेको छ । 

चन्दा उठाएको आरोपमा गएको असारमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका प्रकाण्ड बन्दी प्रत्यक्षीकरण रिटमार्फत रिहा भएर आज चौथो पटक पक्राउ परेका हुन् । पूर्व मन्त्रीसमेत रहेका प्रकाण्डलाई अर्को अभियोगमा अनुसन्धान गर्नका लागि पक्राउ गरेको भने पनि कारण खुलाइएको छैन । 

यसैबीच सर्वोच्च प्रकाण्डलाई पटक–पटक पक्राउ गरेको प्रति सरकारसँग सर्वोच्च अदालत असन्तुष्ट पनि बनेको छ । नागरिकको व्यक्तिगत स्वतन्त्रताको उपभोगको विषयमा सरकार तथा सरकार मातहतका निकायहरु जिम्मेवार नभए अदालत मौन रहेर बस्न नसक्ने आदेशमा उल्लेख छ ।  

न्यायाधीशहरु अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले प्रकाण्डलाई पटक–पटक पक्राउ गरकोे सरकारले अदालतको अवहेलना गरेको भन्दै अवहेलना मुद्दामा कारबाही गर्नु पर्ने स्थिति आउनेतर्फ सचेत गराएको छ । 

विधिको शासन भएको लोकतन्त्रमा अदालतको आदेशलाई पालना नगर्ने काम क्षम्य हुन नसक्ने आदेशमा उल्लेख छ । 

सम्बन्धित समाचार

सर्वोच्चको आदेशमा प्रकाण्ड रिहा, यसपटक पक्राउ परेनन् 

काठमाडौं।  नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका छन् । सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिएपछि उनलाई प्रहरीले रिहा गरेको छ । सर्वोच्चले

प्रकाण्डलाई सर्वोच्चमा उपस्थित गराउने तयारी

गाईघाट। जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी(बिप्लव) का नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।  सर्वोच्च अदालतबाट प्रकाण्डलाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला

प्रकाण्डलाई तीन दिनभित्र सर्वोच्चमा पेश गर्न आदेश 

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई ३ दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ । प्रकाण्डलाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै

पक्रिने र छुट्ने गोलचक्करमा प्रकाण्ड : निर्दोष हुन् कि राजनीतिक प्रतिशोध !

काठमाडौं । गत साउन २३ मा विप्लवनेतृत्व माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ करोडौँ चन्दा उठाएको अभियोगमा राजधानी काठमाडौंबाट पक्राउ परेका थिए । प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्ने क्रममा झण्डै साढे ७


z