निर्मलाका वास्तविक बलात्कारीलाई लुकाएर सरकारले घट्नाको ढाकछोप गर्यो - काँग्रेस सभापति देउवा  

खरीबोट

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्मला पन्तका वास्तविक बलात्कारीलाई लुकाएर घट्नाको ढाकछोप गरिरहेको गम्भिर आरोप लगाएका छन् ।

शुक्रबार नेपाली काठमाडौं–मोरङ सम्पर्क समितिले आयोजना गरेको वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिका र आगामी चूनौतिहरु विषय गोष्ठीमा बोल्दै सभापति देउवाले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘नाबालिका पन्त बहिनीमाथि बलात्कारजस्तो जघन्य अपराध हुँदापनि वर्तमान सरकार संवेदनहीन देखियो । यो सरकारले घट्नाको ढाकछोप गरेको छ ।’

देउवाले बलात्कारमा संलग्न दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गर्नुपर्ने मागसमेत गरे । ‘बलात्कारी त बलात्कारी नै हो । यत्रो ठूलो अपराध गर्दा पनि सरकार किन बोल्दैन ? पार्टीभित्रका ठूला मान्छे नै हुन वा बाहिरका ठूला मान्छे किन नहोउन् ?’उनले थपे,‘बलात्कारीलाई तत्काल गिरफ्तार गरि कारबाही गर्नुपर्छ ।’

सम्बन्धित समाचार

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

गोरखा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।  नेपाली काङ्ग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ यहाँ आइपुगेका सभापति

सरकारले मुलुकलाई अप्ठेरोतिर धकेल्यो – सभापति देउवा 

ललितपुर । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले मुलुकलाई अप्ठेरोतिर धकेलेको आरोप लगाएका छन् । लगनखेलमा शुक्रबार कांग्रेसको जागरण अभियानको

सभापति देउवाद्वारा इद उलफित्रको शुभकामना

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ‘इद उलफित्र’ का अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । सभापति

सङ्घीयता वास्तविकता हो, फर्किन सकिँदैन : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक सङ्घीयतामा गइसकेकाले अब पछाडि फर्कन नसक्ने बताएका छन् । उनले सङ्घीयता नेपालका लागि नौलो प्रयोग भएको र यसलाई कसरी सफल


z