• २०८१ बैशाख ८ शनिबार

ट्रायल उत्तीर्ण गराइदिन्छु भनी रकम माग्ने पक्राउ

kharibot

भक्तपुर। महानगरीय प्रहरीवृत्त थिमिले चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उत्तीर्ण गराइदिन्छु भनी रकम माग गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउपर्नेमा काभ्रे घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय विकास लामा, काभ्रे तिमाल गाउँपालिका–९ घर भई काठमाडौँ गोठाटार बस्ने २१ वर्षीय विजय लामा र महोत्तरी बर्दिवास घर भई भक्तपुर राधेराधे बस्ने २० वर्षीय अनिल बानियाँलाई पक्राउ गरेको प्रहरीवृत्त थिमिका प्रहरी नायव उपरीक्षक मिलन केसीले जानकारी दिए । 

भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ राधेराधेमा रहेको सजिलो ट्रायल सेन्टरमा ट्रायल सिक्न आएका व्यक्तिसँग ट्रायल पास गराइदिन्छु भन्दै रकम असुल्नेक्रममा पक्राउ परेको उनले जानकारी दिए । 

पक्राउ परेका तीन जनालाई आजै जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको उनको भनाइ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै