• २०८१ बैशाख ८ शनिबार

एशिया कप क्रिकेट आजदेखि सुरु हुदै, यस्तो छ खेल तालिका 

kharibot

काठमाडौं । आजदेखि युएईमा एसिया कप क्रिकेट शुरु हुदै छ ।

आजदेखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक देश हङकङ गरी कुल ६ राष्ट्र सहभागी हुदै छन् ।

छनौट प्रतियोगिता नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाबीच गत गष्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा आयोजना भएको थियो, जसमा हङकङ च्याम्पियन हुदै एशिया कपका लागि छनौट भएको थियो ।

सार्वजनिक भएको खेल तालिका अनुसार भारत, पाकिस्तान र हङकङ समूह ए मा परेका छन् । भने बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा परेका छन् ।

दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् । प्रतियोगिताका खेलहरु दुबई र अबुधावीमा हुनेछन् । 

आइसीसीले  तालिका अनुसार आज पहिलो दिनको खेल बंगलादेश र श्रीलंकाबीच हुने छ, त्यस्तै १६ सेप्टेम्बरमा  पाकिस्तान र हङकङ बीच हुने छ , १७ सेप्टेम्बरमा श्रीलंका र अफगानिस्तानबीच, १८ सेप्टेम्बरमा भारत र हङकङबीच, १९ सेप्टेम्बरमा भारत र पाकिस्तानबीच र २० सेप्टेम्बरमा बंगलादेश र अफगानिस्तानबीच समुह चरणका खेल हुने भएका छन्।  

त्यस्तै समुह चरणबाट शिर्ष ४ टिम एक अर्कासंग खेल्ने छन् भने शिर्ष २ टिम फाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल २८ सेप्टेम्बरमा हुने छ।    

नेपाल एशिया कपको छनौटमा खराब प्रदर्शन गएपछि छनौट हुन असफल भएको थियो। 

हङकङ खेल्ने खेललाई एकदिवसीय मान्यता

एशिया कप क्वालिफायर जितेर एशिया कपमा छनौट भएको हङकङले एशिया कपमा खेल्ने सबै खेललाई आइसीसीले एकदिवसीय मान्यता दिने भएको छ। एशिया कपमा हङकङ खेल्ने खेलहरुलाई आइसीसीले एकदिवसीय मान्यता दिएको एशियन क्रिकेट काउन्सिलले जानकारी दिएको छ ।

२०१४ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको हङकङले गत मार्चमा भएको विश्वकप छनौटका क्रममा नेदरल्यान्ड्ससँग प्लेअफमा पराजित भएपछि एकदिवसीय मान्यता गुमाएको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै