• २०८१ बैशाख १४ शुक्रबार

एम्बाप्पे र नेइमार बिना पिएसजीको सहज जित

kharibot

काठमाडौँ। फ्रेन्च लिग वानमा पिएसजीले लगातार पाचौ जित गरेको छ । गएराती भएको खेलमा पिएसजीले सेन्ट इटेइनेलाई ४-० ले जित हासिल गरेको छ। पिएसजीको जितमा एडिसन कभानी, एन्जल डि मारिया, जुलियन ड्राक्सलर र मौसा डियाबीले एक एक गोल गरेका थिए। 

नेइमार र एम्बाप्पे नखेलेको यस खेलमा पिएसजीले सजिलो जित हासिल गर्दै लिगमा पाचौ जित हासिल गर्दै १५ अंकसहित शिर्ष स्थानमा रहेको छ । 

पिएसजीले यसै साता हुने लिभरपुलसँगको च्याम्पियन्स लिगका लागि नेइमारलाई यस खेलमा आराम दिएको थियो भने एम्बाप्पे गत साता भएको लिग वानको खेलमा फ़ाउल हानेर रातो कार्ड पाएपछि तीन खेलमा प्रतिबन्ध भएका कारण यस खेलमा अनुपस्थित रहेका थिए। 
        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै