साफ च्याम्पियनसिप उपाधिको लागि भारत र माल्दिभ्सको भिडन्त आज

खरीबोट

काठमाडौँ। साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज सात पटकको च्याम्पियन भारत र माल्दिभ्स एक आपसमा भिड्दै छन् ।

बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबार साँझ नेपाली समयअनुसार पौने ७ बजेदेखि फाइनल खेल सुरु हुनेछ ।

सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले पराजित गरेको थियो भने भारतले चीरपरिचित प्रतिद्वन्दी पाकिस्तानलाई ३–१ गोलले हराउँदै फाइनलमा ठाउ सुरक्षीत गरेको थियो ।

यी दुई टोली समूह चरणमा पनि आमने सामने भएका थिए । समूह बी अन्तर्गतको खेलमा भारतले माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

भारत साफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन पनि भएकाले उसलाई उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको छ भने माल्दिभ्सले नेपालसँगको खेलमा प्रदर्शन गर्दै भारतलाई कडा टक्कर दिने दाउमा रहेको देखिएको छ ।

साफको इतिहास :

सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलङ्कामा खेलाइएको थियो । यी दुई प्रतियोगितासमेत जोड्दा यो साफको १२औँ संस्करण हुन्छ ।

बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्स, बंगलादेश, अफगानिस्तान र श्रीलङ्काले एक-एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् । नेपाल, भुटान र पाकिस्तानले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । भारतले सन् १०९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको थियो । श्रीलङ्काले १९९५, बंगलादेशले २००३, माल्द्विभ्सले २००८ र अफगानिस्तानले २०१३ मा उपाधि जितेका थिए ।

दुईपटक घरमै साफ च्याम्पियनसिप आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नतीजा निकाल्न सकेको छैन । पछिल्लो पटक सन् २०१३ मा काठमाडौँमै भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुग्यो र अफगानिस्तानसँग पराजित हुँदै खेलबाट बाहिरियो । यसअघि सन् १९९३, १९९९, १९९५, २०११ र यस साफमा पनि नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

सम्बन्धित समाचार

यु–१८ साफ च्याम्पियनका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट

काठमाडौँ । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज प्रशिक्षणमा रहेका ४६

साफ यू–१५ च्याम्पियनशिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

काठमाडौँ । भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र

साँघुरो कोठामा साफको बन्द प्रशिक्षण

भीमदत्तनगर \ तराईको चर्को गर्मी । साँघुरो कोठा र त्यसमाथि पङ्खा नहुँदाको अवस्था । कुस्ती खेलको आउँदो १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) मा भाग लिने नेपाली खेलाडी यस्तै अभाव

साफ यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने

काठमाडौँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) यु–१८ फुटबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । आज यहाँ बसेको दक्षिण एशियाली फुटबल महासङ्घको साधारणसभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप नेपाललाई


z