• २०८१ बैशाख १३ बिहीबार

थुनिएको बाग्लुङको बडिगाड खोला बग्न थाल्यो, जोखिम कम हुदै 

kharibot

तस्बिर : सुवास गौतम, बागलुङ, रासस

गुल्मी। पहिरोका कारण ६ घण्टादेखि थुनिएको बाग्लुङको बडिगाड खोला ओभरफ्लो भएर बग्न थालेपछि खोला किनारका बस्तीमा जोखिम कम भएको छ । खोला थुनिँदा हजारौँ घर जोखिममा परेका थिए । बागलुङको भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौँ घर जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बडिघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको छ । 

खोला थुनिँदा तीन किलोमिटरसम्म पानीको ताल बनेको स्थानीय रविलाल पौडेलले बताए । अहिले पानी ओभरफ्लो भएर बग्न थालेकाले फुट्ने सम्भावना कम रहेको पौडेलले बताए । 

खोला थुनिएपछि बागलुङका खार र खर्बाङ बजार तथा गुल्मीको मुसिकोट नगरपालिकाका वामी, भुवाचिदी, इन्दे्रगौँडा, बडागाउँको ग्वादीकाचौर, चन्द्रकोट गाउँपालिकाको मजुवा बजार, सत्यवती गाउँपालिकाको जोहाङ खैरेनी, चोरकाटे बजार र रुद्रवेणी बजारका घर उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले जोखिममा रहेका खोला नजिकका बस्तीमा माइकिङ गरिरहेको बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले सबैलाई सुरक्षित भएर बस्न आग्रह गरेका छन् । 

बाग्लुङको बडिघाट गाउँपालिका–७ का वडाध्यक्ष कृष्ण गुरुङका अनुसार मलकट्ठीबाङका करीब एक दर्जन घर डुबानमा परेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै