• २०८१ बैशाख ६ बिहीबार

भ्रममुक्त (कविता) 

kharibot

अर्जुन दाहाल

मानिसक भ्रमबाट निस्किएर, 
भौतिकशास्त्र र गणितमा देखेका सपनाहरु ,
पुन सँगाल्दै ,
निरन्तर खोज, अनुसन्धान , 
जर्नलहरुमा शोधपत्र , लेखहरु छाप्दै ,
उज्ज्वल भविष्यतिर लम्कनुपर्नेछ ,
खाँचो छ त यहाँ ,
मस्तिष्कको एकाग्रता ,
आत्म-विश्वास ,
अनि फकाउनु पर्ने छ ,
समय , परिस्थिति र भाग्यले ,
जुराइदिएकी उनिलाई ,
सायद मैले नचलाउने फेसबुकको ,
कन्फेसन पेजमा अझै पनि छाप्दै होलि ,
उसका धुर्त गफहरु ,
अनि खोज्नुपर्नेछ, 
प्रकृतिका नियमहरु , ब्रह्माण्डका नियमहरु ,
गणितीय सुत्रमा ,
रमाइलो र मानसिक शान्ति त्यहीँ छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै