• २०८१ बैशाख ७ शुक्रबार

पत्रकार माथि कुटपिट गर्ने पक्राउ

kharibot

बर्दिया। पत्रकार सरम चौधरी माथि हातपात गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गुलरियाबाट काम सकायर बारबर्दिया नगरपालिका वडा नं ५ जब्दहवाको आफ्नो घर जाने क्रममा बिहीवार राती सञ्चारकर्मी सञ्जु चौधरी (सरम) माथि कुटपीट भएको थियो ।

सरम चौधरी स्थानीय पत्रिका एवं थारु पत्रकार संघ बर्दियाका अध्यक्ष र नेपाल पत्रकार महासंघका साधरण सदस्य समेत रहेका छन । माथि कुटपीटबाट शरिरका विभिन्न ठाउँहरुमा गंभीर चोट लागेको पत्रकार चौधरीले बताए । कुटपिटबाट चौधरीको माथिल्लो भागको एउटा दाँत समेत भाचिएको छ ।

चौधरी माथि मदिरा सेवन गरेका तीन जना व्यक्तिहरुले अनाहकमा गालीगलौज गरि मरणासन्न हुने गरि कुटपीटमा संलग्न बारबर्दिया ५ का सुरमान थारु, जंगबहादुर थारु र तिलकराम थारु लाई प्रहरीले पक्राउ गरि इलाका प्रहरी कार्यालय बनियाभारमा राखि आवश्यक कारवाही शुरु गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।

पत्रकार कुटनेहरुलाई  कानुन बमोजिम कारवाही गर्न पत्रकारको सुरक्षामा ध्यान दिन नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै