बाँदरले सेल्फी खिचेको तस्बिरको क्रेडिट कसलाई ? दुई वर्षपछि सुल्झियो ‘मङ्की सेल्फी’को मुद्दा

खरीबोट

क्यामरा खोसेर बटन थिच्दा बाँदरले धेरै तस्बिर खिच्न पुगेको थियो । तस्बिर : एजेन्सी

ad

सनफ्रान्सिस्को । ‘मङ्की सेल्फी’ मुद्दा अब सकिएको छ । यस मुद्दामा फोटो ग्राफर डेभिड स्लेटरलाई कपीराइट कानुनअनुसार अदालतमा पेस गरिएको थियो किनभने उनको क्यामराबाट एउटा बाँदर आफँैले आफ्नो तस्बिर खिचेको थियो । तर पछि यो तस्बिरलाई धेरै ठाउँमा स्लेटरको नाम लेखिएपछि पशुअधिकारका लागि काम गर्ने संस्थाहरुले यसको विरोध गरेका थिए ।

वकिलहरुले यो मंकी सेल्फीको कपीराइटको विषयलाई लिएर मिलापत्र हुने जानकारी दिए । पशुअधिकारीको संस्थाका वकिलका अनुसार यो सम्झौतापछि अब फोटोग्राफरले भविष्यमा यो फोटोबाट हुने कमाइको २५ प्रतिशत इण्डोनेसियामा पाइने दुर्लभ प्रजातिको बाँदरको सुरक्षाका लागि दान दिनुपर्नेछ ।

यद्यपि फोटोग्राफरका वकिलले भने केही प्रतिक्रिया दिएका छैनन् । अहिलेसम्म यो फोटोबाट कति कमाइ भयो भन्ने पनि उनले बताएका छैनन् । पशुअधिकारको लागि काम गर्ने संस्था पेटाले २०१५ मा स्लेटरमाथि मुद्दा दायर गरेका थिए । संस्थाको जिकीर थियो कि यो तस्बिर बाँदर आफैँले लिएको हो । त्यसैकारण यो फोटोबाट मिल्ने कमाइमा पनि बाँदरकै हक हुन्छ भनेर मुद्दा हालिएको थियो ।  

खासमा भन्नुपर्दा यो तस्बिर सन् २०११ को हो । जब वाइल्डलाइफ फोटोग्राफर डेभिड स्लेटर इन्डोनेसियाको एउटा राष्ट्रिय निकुञ्जमा दुर्लभ जनावरहरुको तस्बिर लिन प्रयास गर्दै थिए, त्यसै बेला बाँदरले क्यामराको बटन दबाउन थाल्यो र धेरै तस्बिरहरु खिचिनपुगे । यो तस्बिरले त्यतिबेला मान्छेको ध्यान तान्यो जतिबेला स्लेटरले आफ्नो मञ्जरीविनै विकिपेडियाले तस्बिर राखेको आरोप लगाए ।

यसपछि विकिपेडियाले यो तस्बिरमा स्लेटरको भन्दा पनि बाँदरकै हक लाग्ने दाबी गरिदियो । त्यसपछि पिपल्स फर द एथनिकल ट्रिटमेन्ट अफ एनिमल्स भन्ने संस्थाले स्लेटरविरुद्ध अदालतमा मुद्दा हालेको थियो ।

  • एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

सांसदले राखे बाँदर नियन्त्रण गर्न सरकारसँग माग 

काठमाडौँ।  प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले देशका विभिन्न समस्याका बारेमा आफ्ना कुरा राखिरहेका छन्।   यसै सन्दर्भमा सांसद नारायण प्रसाद मरासिनीले  स्याङजा जिल्लामा बाँदर आतंकको समस्या उठाएका छन्। उनले

बाँदरमुढे घटनाको १३ वर्ष बित्यो : पीडितले न्याय पाएनन्

काठमाडौँ । सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुवाहक बसमा विद्युतीय धराप विष्फोट गराएको आज १३ वर्ष भए पनि पीडितले अझै न्याय पाएका

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती :  प्रचण्ड 

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्याएका छन् ।  बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा

सरकारद्वारा बाँदरमुढे घटनाका ३८ जनालाई शहीद घोषणा

काठमाडौँ ।  सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ ।  प्रधानमन्त्रीको निवास बालुवाटारमा विहिबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुवाहक बसमा