• २०८१ बैशाख ८ शनिबार

बाँदरले सेल्फी खिचेको तस्बिरको क्रेडिट कसलाई ? दुई वर्षपछि सुल्झियो ‘मङ्की सेल्फी’को मुद्दा

kharibot

क्यामरा खोसेर बटन थिच्दा बाँदरले धेरै तस्बिर खिच्न पुगेको थियो । तस्बिर : एजेन्सी

सनफ्रान्सिस्को । ‘मङ्की सेल्फी’ मुद्दा अब सकिएको छ । यस मुद्दामा फोटो ग्राफर डेभिड स्लेटरलाई कपीराइट कानुनअनुसार अदालतमा पेस गरिएको थियो किनभने उनको क्यामराबाट एउटा बाँदर आफँैले आफ्नो तस्बिर खिचेको थियो । तर पछि यो तस्बिरलाई धेरै ठाउँमा स्लेटरको नाम लेखिएपछि पशुअधिकारका लागि काम गर्ने संस्थाहरुले यसको विरोध गरेका थिए ।

वकिलहरुले यो मंकी सेल्फीको कपीराइटको विषयलाई लिएर मिलापत्र हुने जानकारी दिए । पशुअधिकारीको संस्थाका वकिलका अनुसार यो सम्झौतापछि अब फोटोग्राफरले भविष्यमा यो फोटोबाट हुने कमाइको २५ प्रतिशत इण्डोनेसियामा पाइने दुर्लभ प्रजातिको बाँदरको सुरक्षाका लागि दान दिनुपर्नेछ ।

यद्यपि फोटोग्राफरका वकिलले भने केही प्रतिक्रिया दिएका छैनन् । अहिलेसम्म यो फोटोबाट कति कमाइ भयो भन्ने पनि उनले बताएका छैनन् । पशुअधिकारको लागि काम गर्ने संस्था पेटाले २०१५ मा स्लेटरमाथि मुद्दा दायर गरेका थिए । संस्थाको जिकीर थियो कि यो तस्बिर बाँदर आफैँले लिएको हो । त्यसैकारण यो फोटोबाट मिल्ने कमाइमा पनि बाँदरकै हक हुन्छ भनेर मुद्दा हालिएको थियो ।  

खासमा भन्नुपर्दा यो तस्बिर सन् २०११ को हो । जब वाइल्डलाइफ फोटोग्राफर डेभिड स्लेटर इन्डोनेसियाको एउटा राष्ट्रिय निकुञ्जमा दुर्लभ जनावरहरुको तस्बिर लिन प्रयास गर्दै थिए, त्यसै बेला बाँदरले क्यामराको बटन दबाउन थाल्यो र धेरै तस्बिरहरु खिचिनपुगे । यो तस्बिरले त्यतिबेला मान्छेको ध्यान तान्यो जतिबेला स्लेटरले आफ्नो मञ्जरीविनै विकिपेडियाले तस्बिर राखेको आरोप लगाए ।

यसपछि विकिपेडियाले यो तस्बिरमा स्लेटरको भन्दा पनि बाँदरकै हक लाग्ने दाबी गरिदियो । त्यसपछि पिपल्स फर द एथनिकल ट्रिटमेन्ट अफ एनिमल्स भन्ने संस्थाले स्लेटरविरुद्ध अदालतमा मुद्दा हालेको थियो ।

  • एजेन्सीको सहयोगमा

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै