• २०८१ बैशाख १३ बिहीबार

सप्तरीमा फ्लुका कारण विद्यालय बन्द

kharibot

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि भोलिदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

उक्त नगरपालिकाको आज बसेको आकस्मिक बैठकले नगरपालिकालाई विपद् क्षेत्र घोषणा गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमख वसन्त मिश्रले राससलाई जानकारी दिए । उक्त नगरपालिकाभित्र रहेका सबै विद्यालय बन्द गर्नुका साथै सबैलाई सजक र सर्तक रहन आग्रह पनि गरिएको छ । उक्त रोगबाट बढीमात्रा विद्यार्थीमा सङ्क्रमण हुन सक्ने भएकाले विद्यालय बन्द गरिएको र सङ्क्रमण नहटेसम्म विद्यालय बन्द जारी नै रहने उनले बताए ।

उक्त नगरपालिकाका साथै हनुमाननगर कङ्कालिनी नगरपालिका र महादेवा गाउँपालिकामा सयौंजना अहिले ज्वरो र खोकीबाट पीडित हुन थालेपछि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गत भदौ २४ गतेदेखि गरिएको स्वास्थ्य शिविरमा २४ जनाको रगत र र्याल परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा कञ्चनरुप नगरपालिका-७ का हरिलाल साहलाई स्वाइन फ्लुको सङ्क्रमण देखिएको थियो ।

उक्त क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा एचवानएनवान स्वाइन फ्लु र एचथ्रिएनटु हङकङ फ्लुको भाइरस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सो रोगबाट कञ्चनरुप नगरपालिका-४ की ६० वर्षीया भालसरदेवी सरदार र महदेवा गाउँपालिका-१ का ८ वर्षीय बालक महफुल, कञ्चनरूप नगरपालिका-७ का १४ वर्षीय दिवश बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको पनि मृत्यु भइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै