• २०८१ बैशाख ८ शनिबार

संघीयता बुझाउने 'नेपालमा संघीयता र राजनीतिक-आर्थिक बहाव' पुस्तक विमोचन

kharibot

काठमाडौँ। लेखक विनोद न्यौपानेले लेखेको 'नेपालमा संघीयता र राजनीतिक-आर्थिक बहाव' विषयक पुस्तक काठमाडौँमा शनिबार विमोचन गरिएको छ। वरिष्ठ पत्रकार भैरव रिसालले एक कार्यक्रमका बीच न्यौपानेको पुस्तक बिमोचन गरेका छन्। 

पुस्तक विमोचन कार्यक्रममा बोल्दै वक्ताहरुले अहिलेको राजनीतिक नेतृत्वले संघीयता नबुझेको भन्दै यो पुस्तक संघीयता बुझ्न सहयोगी हुने बताए।  

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै विश्लेषक तथा लेखक सौरभले नेपालमा संघियता सफल नहुने बताएका छन्। पुस्तकमा संघीयता त ल्यायौ तर टिकाउन सक्छौ ? भन्ने प्रश्न लेखकले पुस्तकमा गरेको बताए। सौरभले संघीयता त ल्यायौ भनेर वारिको लाई भनेको कि पारीको लाई भनेको लेखकले प्रष्ट नभएको बताए। 

सौरभले आफु संघीयताको ठुलो विरोधी भएको प्रष्ट रुपमा बताए । तर यसको अर्थ परिवर्तनलाई आफुले मन नपराएको आरोप लाग्ने गरेको भन्दै सौरभले व्याबहारिक नभएको बताए। उनले हामिले आफ्नो जगमा टिकेर चल्ने हुनुपर्ने भन्दै आफुले विरोध गरेको बताए। अहिले संघीयताका नाममा अहिले पृथकताको जरो नगाड़ेको भएपनि यसले विस्तारै देशलाई बिभाजन गर्ने बताए। लडेर बनेको देश भएकोले पृथकतवादलाई जरो गाड्ने किसिमको व्यवस्थाले मात्र देशको हित नहुने उनले बताए। देशलाई मध्यम बर्गले नै बचाउने हो तर संघीयताले मध्यम वर्गलाई नै चुस्ने हुनाले यसले देशलाई नै खतम बनाउने बताए।

अहिले अप्ठ्यारो परिस्थिति रहेको र संघीयताले स्थिति झन् जटिल बनाउने उनले बताए। अहिले राजनीतिक दलहरुसँग एजेन्डा नै नभएको भन्दै देश बिखण्डन तर्फजादै गरेको बताए। 

कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरेले संघीयताबारे राजनीतिक नेतृत्व नै प्रष्ट नभएको भन्दै पढ्नु पर्ने नेताहरुले यस्ता उपयोगी पुस्तक नपढ्ने बताए। कार्यक्रममा वरिष्ठ विश्लेषक डा. विष्णुराज उप्रेतीले संघीयता बुझ्न पुस्तक उपयोगी हुने बताउदै अन्तर्राष्ट्रिय स्तरका खोज र सामाग्री समावेश हुदा पुस्तक उपयोगी रहेको बताए। उप्रेतीले संघीयता राजनीतिक लेनदेनको आधारमा आएको भन्दै प्रयाप्त छलफल र विश्लेषण नभई संघीयता ल्याइएको बताए। 

कार्यक्रममा प्रमुख अतिथि भैरव रिसालले देशमा सन्तुष्टी बढिरहेको, भ्रष्ट्राचार बढिरहेको र सरकारले ध्यान दिन नसकेको बताउदै हामि झन् जटिलता तिर जादै गरेको बताए।     

    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै