• २०८१ बैशाख १३ बिहीबार

गगन थापाको संसदमा प्रश्न - कार्यक्षमता र सोचमा ‘बादल’ लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र ?

kharibot

काठमाडौं।  प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले गृहमन्त्री रामबहादुर थापाको कार्य क्षमता कमजोर रहेको आरोप लगाएका छन् ।

संसद बैठकमा बोल्दै, 'ठुलो माछालाइ पक्रिन सक्नु भएन, हामि बोलेनौ, डा.भोराज लाई ट्रमा सेन्टरबाट उठाउनु भयो, हामि बोलेनौ, लेनिन विष्टलाई विमानस्थलमा रोक्नु भयो, पत्रकार शम्भु श्रेष्ठ र राजु बस्नेतलाई पुलिस लगाउनु भयो हामि बोलेनौ , हामीलाई लाग्यो गृहमन्त्री मान्छे त ठिकै हो क्षमतामा  बादल लागेको मात्र हो।  तर हिजो हामि केहि बोलायौ मन्त्री जी पनि बोल्नुभयो।  युद्ध वा शान्ति दुवैको नियम नमिल्ने गरि आफ्नै हिरासतमा राममनोहर यादव मारिदा, अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने अपराधीलाई जोगाउन आफ्नै संयन्त्र लागिरहेका बेला ग्लानीबोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको बादल त गृहमन्त्रीको सोचमा लागेको रहेछ।' संसद थापाले भने।  

बैठकको शून्य समयमा बोल्दै सांसद थापाले कार्य क्षमता र सोचमा ‘बादल’ लागेकोले ‘गृहमन्त्री हामीलाई चाहिन्छ र ?’ भन्दै गृहमन्त्री थापाको कार्य शैलीको बिरोध गरेका छन् । पछिल्ला केही घटनामा गृहमन्त्री थापाले लिएका निर्णयले काम गर्ने क्षमता नभएको भन्दै गगन थापाले गृहमन्त्रीको आलोचना गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै