काठमाडौं । युवा कानुन व्यवसायीहरुको छाता संगठन सोसल इन्जिनियरिङ स्कुल नेपालकोे नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको साधारणसभाले अधिवक्ता आरसी गौतमलाई पुनःअध्यक्षमा निर्वाचित गरेको हो ।
काठमाडौंको बाँसबारीमा भएको साधारणसभाले गौतमलाई पुनःअध्यक्षमा चयन गर्दै एघार सदस्सीय नयाँ कार्य समिति निर्वाचित गरेको हो । सस्थाको उपाध्यक्षमा प्रमोद कुमार थापा, महासचिव मा कृष्ण बहादुर खनाल, सचिब दिपक राज जोशी, कोसाध्याच्य अन्जु रेग्मी र सदस्य हरु मा, भरत लामिछाने, आकृती खनाल , कृष्ण मरासिनी , बिदुर पौडेल , रमन भट्टराई , कपिलदेव ढकाल निर्वाचित भएका छन ।