• २०८१ बैशाख १३ बिहीबार

कञ्चनपुरमा महिलाको शव फेला

kharibot

कञ्चनपुर।  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसी नजिकको नहरमा शनिबार अन्दाजी ५५ वर्षीय महिलाको शव फेला परेको छ । 

नहरमा अर्ध डुबेको अवस्थामा भीमदत्तनगर बजारको सब्जीमण्डीमा तरकारी बेच्ने कार्यमा सम्लग्न आइती सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए । 

“सार्कीको डुबेर वा अन्य कारणले मृत्यु भएको भन्ने बारे अनुसन्धानको कार्य शुरु गरेका छौ” उनले भने । सार्कीको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । दैलेखको भूर्ति नगरपालिका घर भएका सार्की तरकारी बेच्दै आइएकी थिइन् । 

यसैबीच कञ्चनपुरको भीमदत्तनगरपालिका–१ भाँसीमा अन्दाजी ५५ वर्षीय भीमलाल शर्मा आज मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घर नजिक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ओझाले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै