• २०८१ बैशाख ७ शुक्रबार

भारतलाई पराजित गर्दै साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जित्यो 

kharibot

काठमाडौँ।  साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ।  शनिबार भएको फाइनलमा माल्दिभ्सले भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै साफको उपाधि जितेको हो। 

माल्दिभ्सको जितमा इब्राहिम महुधे हुसैन र अली फासिरले गोल गरेका थिए भने भारतको लागि सुमीत पटेलले एक गोल गरेका थिए। 

जितसँगै माल्दिभ्सले दोस्रो पटक साफको उपाधि जितेको छ। सेमिफाइनलमा नेपाललाई पराजित गरेको माल्दिभ्सले साफको उपाधि जितेको छ। यसअघि माल्दिभ्सले यस अघि सन् २००८ मा साफको उपाधि जितेको थियो। साफको उपाधि यसअघि भारतले सात पटक सन् १०९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको थियो । श्रीलङ्काले १९९५, बंगलादेशले २००३, र अफगानिस्तानले २०१३ मा उपाधि जितेका थिए ।

दुईपटक घरमै साफ च्याम्पियनसिप आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नतीजा निकाल्न सकेको छैन । पछिल्लो पटक सन् २०१३ मा काठमाडौँमै भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुग्यो र अफगानिस्तानसँग पराजित हुँदै खेलबाट बाहिरियो । यसअघि सन् १९९३, १९९९, १९९५, २०११ र यस साफमा पनि नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै