• २०८१ बैशाख ८ शनिबार

चेल्सीको जितमा हजार्डको ह्याट्रिक 

kharibot

काठमाडौँ।  इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले कार्डिफ सिटीलाई पराजित गरेको छ।  गएराती भएको खेलमा चेल्सीले कार्डिफ सिटीलाई ४-१ अन्तरले पराजित गरेको हो। 

चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि इडेन हजार्डले ह्याट्रिक गरेका थिए भने विलियनले एक गोल थिए।  त्यस्तै कार्डिफका लागि एक गोल सोल बाम्बाले गरेका थिए। 

ह्याट्रिक गरेका हजार्ड चेल्सीका लागि एक भन्दा बढी पटक ह्याट्रिक गर्ने चेल्सीका चौथा खेलाडी भएका छन् । सन् २०१२ मा चेल्सीमा आएका हजार्डले अहिलेसम्म ११५ गोलमा आफ्नो सहभागिता जनाउने पहिलो प्रिमियर लिगको मिडफिल्डर बनेका छन्।  गोल गरेका छन् भने ४१ गोल असिस्ट गरेका छन्।

चेल्सीले यस सिजनका अहिलेसम्म खेलेका पाचै खेल जितेर १५ अंक बटुलेको छ।  चेल्सीले प्रिमियर लिगमा यस अघि २००५-६, २००९-१० र २०१०-११ मा सुरुका ५ खेल  जितेको थियो। 

चेल्सीले खेल युरोपा लिग अन्तर्गत ग्रिसको क्लब पीएओकेसँग खेल्ने छ भने प्रिमियर लिगमा वेस्टह्याम विरुद्ध खेल्ने छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै