ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिदा बार्सिलोनालाई फाइदा 

खरीबोट

काठमाडौँ।  ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएपछि बार्सिलोनालाई लिगमा सुरुवाती फाइदा भएको छ। गएराती बह्येको खेलमा रियल म्याड्रिड एथलेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएपछि रियल म्याड्रिड बार्सिलोनाभन्दा पछाडी परेको हो ।

गएराती बएको खेलमा रियल म्याड्रिडलाई इस्कोले गोल गर्दै बराबरी गरेका हुन्। इस्कोले खेलको ६३औ मिनेटमा गोल गर्दै रियलका लागि एक अंक जोडेका हुन्। यसअघि बिल्बाओका लागि खेलको ३२औ मिनेटमा मुनियनले गोल गर्दै सुरुवाती अग्रता लिएका थिए। 

यो बराबरीपछि रियलको ४ खेलमा १० अंक भएको छ भने बार्सिलोनाको ४ खेलमा १२ अंक रहेको छ।

ला लिगामा सुरुका ३ खेल जितेको रियल क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि पहिलो पटक बराबरी खेल्दै नतिजा बिहिन हुन पुगेको छ भने रियलका म्यानेजर जुलियन लोपेटेगुइ आएपछि ला लिगामा उनको पहिलो बराबरी हो ।

रियल म्याड्रिडले अब आफ्नो अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत इटालियन क्लब एएस रोमासँग आफ्नै घरेलु मैदानमा खेल्ने छ भने ला लिगा अन्तर्गत इस्पेनियलसँग खेल्ने छ।  
   
 

सम्बन्धित समाचार

ग्यारेथ वेलको गोलमा रियल म्याड्रिड विजयी, लिगमा चौथो स्थानमा उक्लियो 

काठमाडौँ। स्पेनिस ला लिगामा रियल म्याड्रिडले हुएस्कामाथि जित हासिल गरेको छ। गएराती भएको खेलमा रियलले हुएस्कामाथि १-० को जित हासिल गरेको हो। रियलको जितमा ग्यारेथ वेलले खेलको एक मात्र गोल गरेका

मेसीको जादुमय प्रदर्शनसँगै बार्सिलोनाको जित 

काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले इस्पेनियोलमाथि शानदार जित हासिल गरेको छ। गएराती भएको खेलमा बार्सिलोनाले इस्पेनियोलमाथि ४-० को जित हासिल गरेको हो। बार्सिलोनाको जितमा लियोनेल मेसीले २ गोल गरे भने उसमान

भिल्लारियलमाथि बार्सिलोनाको सहज जित, लिगको शिर्ष स्थानमा उक्लियो 

काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ।  गएराती भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २-० गोल अन्तरले पराजित गरेको हो।  बार्सिलोनाको जितमा जेरार्ड पिके र कार्लोस एलेनाले

रियल म्याड्रिड विजयी लयमा फर्कियो, भलेन्सियाविरुद्ध सहज जित 

काठमाडौँ। स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी लयमा फर्किएको छ , यस सिजनमा खराब प्रदर्शन गरेको रियलले गएराती भएको खेलमा भलेन्सियालाई पराजित गर्दै लिगको पाचौ स्थानमा उक्लिएको छ।  रियल म्याड्रिडले भलेन्सियालाई


z