• २०८१ बैशाख ८ शनिबार

ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिदा बार्सिलोनालाई फाइदा 

kharibot

काठमाडौँ।  ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएपछि बार्सिलोनालाई लिगमा सुरुवाती फाइदा भएको छ। गएराती बह्येको खेलमा रियल म्याड्रिड एथलेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएपछि रियल म्याड्रिड बार्सिलोनाभन्दा पछाडी परेको हो ।

गएराती बएको खेलमा रियल म्याड्रिडलाई इस्कोले गोल गर्दै बराबरी गरेका हुन्। इस्कोले खेलको ६३औ मिनेटमा गोल गर्दै रियलका लागि एक अंक जोडेका हुन्। यसअघि बिल्बाओका लागि खेलको ३२औ मिनेटमा मुनियनले गोल गर्दै सुरुवाती अग्रता लिएका थिए। 

यो बराबरीपछि रियलको ४ खेलमा १० अंक भएको छ भने बार्सिलोनाको ४ खेलमा १२ अंक रहेको छ।

ला लिगामा सुरुका ३ खेल जितेको रियल क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि पहिलो पटक बराबरी खेल्दै नतिजा बिहिन हुन पुगेको छ भने रियलका म्यानेजर जुलियन लोपेटेगुइ आएपछि ला लिगामा उनको पहिलो बराबरी हो ।

रियल म्याड्रिडले अब आफ्नो अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत इटालियन क्लब एएस रोमासँग आफ्नै घरेलु मैदानमा खेल्ने छ भने ला लिगा अन्तर्गत इस्पेनियलसँग खेल्ने छ।  
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै