• २०८१ बैशाख १३ बिहीबार

वाटफोर्डमाथि म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित 

kharibot

काठमाडौँ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई पराजित गरेको छ। गएराती भएको खेलमा युनाइटेडले कडा प्रतिष्पर्धाका बीच वाटफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ। 

युनाइटेडको जितमा रोमेलु लुकाकु र क्रिश स्मलिंगले एक एक गोल गरे भने वाटफोर्डका लागि एक गोल एन्द्रे ग्रेले गरेका थिए। खलेको अन्तिम मिनेटमा युनाइटेडका नेमन्जा मेटिकले दोस्रो पहेलो कार्ड खाएपछि मैदान छोड्नु परेको थियो। 

जितसँगै युनाइटेडको ५ खेलमा ३ जित र २हार सहित  अंक भएको छ भने वाटफोर्डले यस सिजनमा खेलेका ५ खेलमा पहिलो हार बेहोरेको छ। वाटफोर्डको ५ खेलमा १२ अंक रहेको छ। 

म्यानचेस्टर युनाइटेडले अब अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत योङ्ग ब्वायजसँग खेल्ने छ भने प्रिमियर लिगमा वोल्भ्ससँग खेल्ने छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै