• २०८१ बैशाख ७ शुक्रबार

श्रीकृष्ण प्रणामी परिषदको १२औँ राष्ट्रिय  अधिवेशन काठमाडौँमा सुरु

kharibot

काठमाडौं । श्रीकृष्ण प्रणामी युवा परिषद्को १२औँ राष्ट्रिय अधिवेशन शनिबारबाट काठमाडौँको गोठाटारस्थित श्रीकृष्ण प्रणामी मन्दिरबाट सुरु भएको छ ।  

शनिबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्घाटन गरेका हुन्  । सो क्रममा मन्त्री खतिवडाले सेवालाई धर्मसँग जोडेर हेर्न आग्रह गरेका थिए । कार्यक्रममा श्रीकृष्ण  प्रणामी युवा परिषद्का अध्यक्ष मातृका प्याकुरेलले नेपालमा  ४२ प्रतिशत युवाहरु केही न केही कुलतमा फस्ने गरेकाले युवालाई मार्गदर्शन गर्न  आफूहरुले  शाहाकारी अभियान चलाएको बताए । 

कार्यक्रममा मन्त्री खतिवडाले वरिष्ठ भजन गायक माधवलाल श्रेष्ठ, हरिहर फुँयाल र श्रीकृष्ण प्रणामी युवा परिषद्का पूर्वअध्यक्ष भोला दाहाललाई  अभिनन्दन तथा पुरस्कार वितरण गरेका थिए । 

मन्त्री खतिवडाले १०८ महाराज अमृत राजले  श्रीकृष्ण युवा परिषदको  १२ राष्ट्रिय अधिवेशनको स्मारिका समेत विमोचन गरेका थिए ।  आइतबारसम्म चल्ने अधिवेशनले अध्यक्षसहित नयाँ नेतृत्व  समेत चयन गर्नेछ  । अधिवेशनमा  परिषद्का केन्द्रीय पदाधिकारीहरु, पर्यवेक्षकहरुलगायत देशैभरका परिषद्का जिल्ला शाखाका प्रतिनिधिहरु सहभागी भएका छन् ।

२०४७ सालमा स्थापना भएको श्रीकृष्ण युवा परिषद्ले हालसम्म नेपालका ५५ जिल्लामा शाखा स्थापना गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै