• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओली भन्छन्, ‘म कसैको मुख होइन कामको परिणाम हेर्छु’

kharibot

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। 

सुदुरपश्चिम विकासमा पछि पर्‍यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘प्राकृतिक स्रोतले भरिपूर्ण सुदुरपश्चिमका सम्भावना धेरै छन्’, उनले भने, ‘यो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ, प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ ।’ 

प्रधानमन्त्री ओलीले शिक्षामा एक वर्ष भित्र संख्यात्मक मात्र नभइ गुणात्मक परिवर्तन हुने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले हरेक पक्षमा परिणाम हेर्ने बताएका छन् । ‘म कसैको मुख होन कामको परिणाम हेर्छु’, प्रधानमन्त्री ओलीले भने । 

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयबारे उठेका गुनासाको छानविन गर्नका दुई समिति गठन गरेका छन् । 

विश्वविद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक बिषयमा उठेका गुनासाबारे छानबिन गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा एक समिति गठन गरेका छन् । 

दुवै समितिले १५ दिन भित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ । समितिको प्रतिवेदन अध्ययन गरेर विश्व विद्यालयसभाको बैठक पुन राख्ने गरी स्थगित गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै