• २०८१ बैशाख १३ बिहीबार

छाला क्यान्सरको उपचारको लागि नयाँ थेरापी 

kharibot

फाइल तस्बिर ।

काठमाडौं । वैज्ञानिकहरुले एक यस्तो अणुको पहिचान गरेका छन् । जसले छाला क्यान्सरको  लागि प्रतिरोधक क्षमताको विकास गर्दछ ।

पिएनएएस प्रत्रिकामा प्रकाशित एक अध्ययन अनुसार डाइप्रोवोसिम नामक अणुलाई अहिले दिदै गरेको खोपमा मिलाएर क्यान्सरको विरुद्ध संघर्ष गर्ने कोशिकाले ट्युम्मरको स्थानमा पुग्न सक्छ ।  

अनुसन्धानकर्ताको  अनुसार मेलानोमा बाट पिडित मुसामा प्रयोग गरेपछि यो रोगको  उपचारमा यस विधिबाट विरामी स्वस्थ रहने संभावना बढी देखिएको हो ।  जहाँ केवल दवाईले मात्र काम गर्न नगर्न सक्छ ।  

मेलानोमा एक प्रकारको छालाको क्यान्सर हो ।  जुन मेलानोसाइट्स नामक वर्णक उत्पालक कोशिकाको उत्परिर्वतन एवं क्यासर हुनेलाई यो रोग लाग्छ ।  

अमेरिकाको स्क्रिप्स  रिसर्च इन्स्टिच्युटको पेपर डेल बोगर अनुसार यो सहउपचार मेलानोमाको उपचारको लागि असर गर्दछ ।

अनुसन्धानकर्ताको अनुसार यदि ट्युमर कोशिकाको फेरी उम्रने कोशिश गर्दछ भने यो खोपले रोगसँग लड्नमा पनि पे्ररित गर्दछ ।

यसरी क्यान्सर फेरी लाग्नबाट बचाउन सक्छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै