• २०८१ बैशाख १४ शुक्रबार

माछापुच्छ्रे  बैंकको खाता अब घरमै बसी खोल्न सकिने

kharibot

काठमाडौं । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् ।

माछापुच्छ्रे बैंकको अनलाईन खातामार्फत विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको छ ।

अनलाईन खाताखोल्न ग्राहकहरुले बैंकको वेबसाईटमा गई अनलाईन खाता खोल्ने फारम भर्नुपर्नेछ । इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेट÷आइ–प्याडको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ ।

माछापुच्छ्रे बैंकले हालसालै बचत खातामा प्रदान गर्दै आएको ब्याजदर समेत वृद्घि गरि सात प्रतिसत पु¥याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा पाँच देखि अधिकतम सात प्रतिसतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा सात प्रतिसतसम्म ब्याजदर पाउन सक्नेछन् ।

यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदानगर्दै आएका अन्य सुविधा सहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएकाछन् । मुद्दती निक्षेपमा पनि बैंकले १० दसमलव पाँच प्रतिसतसम्म व्याज दिंदै आएको छ ।  

बैंकले पूर्वमा झापा देखि पश्चिमम ाकन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २८ शाखारहित बैंकिङसेवा समेत गरी जम्मा ११६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै