• २०८१ बैशाख ११ मंगलबार

सेयरबजार १२ अंकले बढ्दा कारोबार रकम अर्ब नजिक 

kharibot

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से सूचक तथा कारोबार रकम दुवैमा उच्च वृद्धि देखिएको छ ।

आज नेप्से ११ दशमलव ६९ अंकले बढेर १२ सय ५६ दशमलव ५३ विन्दुमा चढ्दा सेन्सिटिभ दुई दशमलव ६६ अंकले बढेर दुई सय ६६ दशमलव ९३ विन्दुमा चढेको छ ।

एक सय ६६ कम्पनीहरुको आठ हजार नौ सय १६ वटा कारोबारमा ३० लाख ७० हजार दुई सय ३१ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोबार रकम ९१ करोड ५२ लाख ९२ हजार दुई सय चार रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १० वटा समुहको कारोबार भएकोमा सबै सूचक बढ्दा नेप्से पुरै हरियो भएको छ । वाणिज्य बैंक समुहको सूचक १३ दशमलव ७१ अंकले बढेर ११ सय छ दशमलव ६४ विन्दुमा चढ्दा ६१ करोड ८१ लाख पाँच हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलविद्युत समुहको सूचक पनि छ दशमलव ५४ अंकले बढेर १३ सय ९९ दशमलव तीन विन्दुमा चढ्दा दुई करोड ५४ लाख तीन हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जीवन बीमा समुहको सूचक पनि ४८ दशमलव पाँच अंकले बढेर पाँच हजार छ सय २० दशमलव ७१ विन्दुमा चढ्दा दुई करोड ५७ लाख ८४ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक, निजिृवन बीमा, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सूचकमा पनि आज उच्च विन्दुले सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको भार्गभ बिकास बैंकको सेयर मुल्य नौ रुपैयाँ ५२ पैसाले बढेर एक सय ३८ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको एक्सेल डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ८० पैसाले घटेर तीन सय तीन रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ५९ रुपैयाँमा सात करोड १४ लाख चार हजार ९१ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै