• २०८१ बैशाख ६ बिहीबार

सिटी एक्सप्रेसको ९० दिने 'लखपति एक्सप्रेस' योजना सार्वजनिक

kharibot

काठमाडौँ। लामो समयदेखि मनी ट्रान्सफरसम्बन्धी सुविधा उपलब्ध गराइरहेको सिटी एक्सप्रेसले समस्त नेपालीको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने “लखपति एक्सप्रेस” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताले रु १०,००० र हरेक महिना लक्की ड्रमा विजयी हुने एकजनालाई रु १,००,००० उपहार प्रदान गरिने छ । 

उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रालि.१२औं बर्ष प्रवेश गरेको उपल्क्षयमा रु १२ लाख जित्न सक्ने छन् । कम्पनीकाअनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

कम्पनीकाअनुसार यो “लखपति एक्सप्रेस”अफर असोज १ गतेदेखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधि भरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवा ग्राही यो उपहार योजनामा सहभागी हुने छन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजनामार्फत जम्मा ११२० जना उपभोक्ताहरु विजेता हुने छन्।

यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

२०६४ सालमा विप्रेषण व्यवसायको रुपमा स्थापना भएको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि एक प्रतिष्ठित रेमिटान्स कम्पनी हो । यस कम्पनी विप्रेषण व्यवसाय समूहमध्ये अग्रस्थान ओगट्न सफल  समेत भएको छ । यस रेमिटान्स कम्पनीले आफ्नो व्यवसायका साथसाथै विभिन्न धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा आवद्ध भै सहयोग प्रदान गरेको कुरालाई नेपालको परिप्रेक्ष्यमा अति प्रशंसनीय एवं अनुकरणीय मानिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै