• २०८१ बैशाख १३ बिहीबार

दशैं का लागि बसको अग्रिम टिकट खोल्न यातायात व्यवसायी तयार,  असोज ५ गतेदेखि बुकिङ खुल्ने   

kharibot

काठमाडौं। दशैका लागि बसको अग्रिम टिकट असोज ५ गते देखि खुल्ने भएको छ । यातयात व्यवस्था विभागमा आइतबार भएको छलफलमा यातयात व्यवसायी अग्रिम टिकट खोल्न सहमत भएका हुन् । छलफलमा व्यवसायीले भाडा समायोजन र समितिको बैंक खाता खोल्नुपर्ने शर्त राखेका थिए। 

विभागले बैक खाता खोल्न सम्वन्धित निकायलार्इ तत्कालै पत्र पठाएर सहजीकरण गर्ने र भाडा समायोजन चाडपर्व सकिने वित्तिकै कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएपछि व्यवसायीले टिकट खोल्न सहमत भएका हुन्।

यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले असोज ४ गतेभित्र काउन्टर राख्ने र अनुगमनको मोडालिटी तयार पार्ने जानकारी दिएका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले आफ्ना माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि टिकट खोल्न सहमत भएको बताए ।

दशैंमा उपत्यकाका ७० प्रतिशत मानिसहरु बाहिरिने गरेका छन् । फुलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजारका दरले यात्रुबाहक बस काठमाडौं बाहिरिने गरेका छन्। हरेक बर्ष दशैँमा १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायातका साधन र पाँचदेखि छ लाख यात्रु निजी यातायातका साधनमा उपत्यकाबाट बाहिरिने गरेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै