• २०८१ बैशाख १३ बिहीबार

प्रकाण्डलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

kharibot

उदयपुर।  सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई आज जिल्ला अदालतमा हाजिर गराइएको छ ।

प्रवक्ता प्रकाण्डलाई उदयपुरको त्रियुृगा नगरपालिका १३ हवाई मैदानमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा मुद्दा अदालतबाट पक्राउ पूर्जी जारी गरी अनुसन्धान सुरु गरिएको हो ।

उनलाइ आजै जिल्ला अदालत उदयपुरले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । तर उनलाई उदयपुरमा बम विस्फोट गराएको अभियोगमा प्रहरीले पुनः गिरफ्तार गरेको हो । अदालतबाट बाहिरिने क्रममा प्रवक्ता प्रकाण्डले आफ्नै देशको सर्वोच्च अदालत र नियम कानुनको उल्लघन गर्ने कार्य गरेको भन्दै सरकार प्रति कडा आलोचना गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै