• २०८१ बैशाख ६ बिहीबार

श्रीकृष्ण प्रणामी युवा परिषदको अध्यक्षमा नमराज ढकाल विजयी 

kharibot

काठमाडौँ। श्रीकृष्ण प्रणामी युवा परिषदको १२ औँ अधिवेशनबाट नमराज ढकाल अध्यक्षमा विजयी भएका छन्  । शनिबारबाट काठमाण्डौँ स्थित गोठाटार मन्दिरमा  सुरु भएको अधिबेशन ढकाल निरर्बिरोध अध्यक्षमा विजयी भएका हुन्  ।

विजयी भएपश्चात कार्यक्रमलाई सम्बोधन गदै ढकालले आफ्नो कार्यकालमा संस्थालाई सुढृण बनाउनाको साथै युवा क्षमताको विकास, सिप विकाससंगै सुचना र  प्रविधिमैत्री बनाउने बताए। ढकालले युवा परिषद भनेको स्वयंम्सेवक भएको हुनाले देशमा संकट आईपरेको समयमा युवालाई देशब्यापी परिचालन गरेर सारथीको भुमीका खेल्ने बताउदै स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्  । 

सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिदै ढकालले  विपन्न परिवारका बालबाच्चालाई छात्रावृद्धि मार्फत शिक्षाको पहुँच पुर्याउने बताएका छन्  । निर्वाचनबाट तार्केश्वर नपा ८ काठमाण्डौँका नमराज डकाल अध्यक्ष,  उपाध्यक्षमा  क्रमश: यज्ञ प्रसाद ढकाल मोरङ्ग,  कौशल फुयाल काठमाण्डौँ आलापोट,  जगदिश चन्द्र शर्मा चितवन विजयी भएका छन् । 

त्यसैगरी महासचिवमा चितवनका सुमन पुडासैनी, कोषध्यक्षमा सुजन सुवेदी,  सचिवमा  टंकप्रसाद ओझा,  सहकोषाध्यक्षमा  कमल कृष्ण केसी र ११  सदस्यहरुमा क्रमस :  इन्द्र प्रसाद दहाल ,  अनिल कोइराला, गंगालाल श्रेष्ठ,  छविलाल थपलिया, कमल कोइराला, उद्धव केसी,  नमराज गौतम,  रितुदेवी सापकोटा,  विष्णु प्रसाद वाग्ले , पर्शुराम सापकोटा,  यदु कुमारी वाग्ले ,  उमेश प्रधान विजयी भएका छन्  । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै