युभेन्टसको जितमा रोनाल्डोको २ गोल, २८औ प्रयासमा सिरी ए मा गरे गोल  

खरीबोट

काठमाडौँ।  इटालियन सिरी ए मा  क्रिस्टियानो रोनाल्डोले  चौथो खेलमा गोल गरेका छन्। यसै सिजन रियल म्याड्रिड छोडेर युभेन्टस गएका रोनाल्डोले आइतबार भएको खेलमा सासुओलोविरुद्ध २ गोल गरेर सिरी ए मा युभेन्टसका लागि गोलको खाता खोलेका छन् । 

युभेन्टसले सिरी ए मा लगातार चौथो खेलमा जित हासिल  गरेको छ।  युभेन्टसले सासुओलोलाई २-१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ  बिना कुनै गोल सकिएको खेलमा खेलको ५०औ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए। रोनाल्डोले सिरी ए मा २८औ पटकको प्रहार पछि गोल गर्न सफल भएका छन्। 

युभेन्टसका लागि खेलको ६५औ मिनेटमा दोस्रो गोल गरेका थिए।  सासुओलोले खेलको अन्तिम मिनेटमा गोल फर्काए पनि सो जितका लागि पर्याप्त भएन। सासुओलोको लागि खोउमा बाबाकारले ९१औ मिनेटमा गोल गरेका थिए । युभेन्टसका डगलस कोष्टाले सासुओलोक खेलाडीलाई मुखमा थुकेको कारण रेफ्रीले रातो कार्ड दिएका थिए। युभेन्टसका लागि रोनाल्डोले ४ खेलमा २ गोल गरेका छन् भने एक गोल असिस्ट गरेका छन्। 

युभेन्टस भने ४ खेलमा सबै खेल जितेर १२ अंक बटुल्दै लिगमा शिर्षस्थानमा रहेको छ।  त्यस्तै सासुओलोको भने ४ खेलमा ७ अंक रहेको छ । 

सम्बन्धित समाचार

एथलेटिकोसँग युभेन्टस पराजित, रोनाल्डो प्रभावहीन 

काठमाडौँ । च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा युभेन्टस एथलेटिको म्याड्रिडसँग पराजित भएको छ । प्रिक्वाटरफाइनलको पहिलो लिगमा एथलेटिकोको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २-० ले पराजित भएको हो । पहिलो हाफ बिना कुनै

युभेन्टसको जितमा डिबाला र रोनाल्डोको गोल

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले फ्रोसिनोनेलाई पराजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले फ्रोसिनोनेलाई ३-० गोल अन्तरले पराजित गर्दै सिरी ए मा आफ्नो अपराजित यात्रा कायमै राखेको

आर्सनलका मिडफिल्डर एरोन रामसीलाई युभेन्टसले भित्र्यायो  

काठमाडौँ । आर्सनलबाट खेलिरहेका वेल्सका मिडफिल्डर एरोन रामसीले इटालियन कल्ब युभेन्टससँग सम्झौता गरेका छन् ।  पछिल्लो ११ बर्ष आर्सनलबाट खेलेका रामसीले आउदो जुलाई १ देखि युभेन्टसबाट खेल्ने गरि प्रि-सिजन सम्झौता गरेका

रोनाल्डोको गोलमा युभेन्टस विजयी

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले सासुलोलाई पराजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले सासुलोलाई ३-० गोल अन्तरले पराजति गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, सामी खेदिरा र


z