• २०८१ बैशाख १४ शुक्रबार

सुडान गएका नेपाली सेनाका जवानलाई गोली लाग्यो, अवस्था खतरामुक्त  

kharibot

काठमाडौँ। सयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ युएन मिसन, दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक सैनिक जवानलाई गत शनिबार गोली लागेको नेपाली सेनाले जनाएको छ। 

सेनाका जवानलाई शनिबार एङ्कलमा गोली लागेको नेपाली सेनाले जानकारी दिएको छ। 

सेनाका अनुसार दक्षिणी सुडानको वाइइआई भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशबाट दैनिक रुपमा पानी ढुवानी गर्न गएको पेट्रोलबाट फर्कने क्रममा गोली लागेको र निज जवानलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भईरहेको छ । साथै हाल निजको अवस्था खतरा मुक्त रहेको सेनाले जानकारी दिएको छ । दक्षिण सुडानको पिपल्स लिबरेसन आर्मीले गोली चलाएको बताइएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै