• २०८१ बैशाख १३ बिहीबार

फोरमले संबिधान दिवसमा विरोध नगर्ने

kharibot

काठमाडौँ। सरकारमा रहेको संघीय समाजवादी फोरम नेपालले असोज ३ गते संबिधान दिवसमा विरोध कार्यक्रम नगर्ने निर्णय गरेको छ । 

फोरमले संविधानसभाबाट जारी गराइएको नेपालको संविधानप्रति हाम्रो असहमति, विरोध र फरक धारणा यथावत नै रहेपनि सरकारसँग संबिधान संशोधन गर्ने सहमति भएकोले संबिधान दिवसलाई कालो दिवसको रुपमा मनाउने कुनै निर्णय नभएको स्पष्ट पारेको छ। 

फोरमले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका साथै मधेशी, आदिवासीजनजाति, दलित, महिला, खस, थारु, मुस्लिमलगायतशोषित उत्पीडित जनताको पक्षमा संघीय समाजवादीफोरम नेपाल संघर्षरत रहँदै आएको भन्दै वर्तमान परिस्थितिमा संविधान संशोधनको माध्यमबाट संविधान संशोधन र परिमार्जन गर्दै संविधानमा रहेका कमि कमजोरीहरुलाई सच्याउँदै, प्राप्त अधिकारहरुलाई संरक्षण गर्दै थप अधिकारहरु प्राप्त गर्न सरकारसँग रहेका दलहरुसँग समझदारी भएको तथा संविधान संशोधन गर्न सरकार सहमत भइसकेको वर्तमान अवस्थामा पार्टीले कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुन निर्देशन दिएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै