• २०८१ बैशाख ६ बिहीबार

प्रधानमन्त्रीलाई भेटेर निर्मलाका आमा बाबुको प्रश्न, 'हामीले न्याय पाउने कि नपाउने ?’

kharibot

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेट गरेका छन् । प्रधानमन्त्री  बालुवाटारमा भेट गर्दै निर्मलाका बाबु आमाले छोरीको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्नअधिकारकर्मीहरुसहित बालुवाटार पुगेका निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराजले घटनाको विवरण प्रधानमन्त्रीलाई सुनाएका थिए। । प्रधानमन्त्रीसँगको भेटमा आमा दुर्गादेवीले घटना बारे बोल्दै कञ्चनपुरमा आन्दोलन हुँदा समेत न्याय नपाएकाले काठमाडौं आउनु परेेको बताएकि थिइन् । उनले प्रधानमन्त्रीलाई भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’

निर्मलाका आमा बाबुको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले आफूहरुले घटनालाई ढाकछोप गर्न नखोजेको बताउदै निर्मला हाम्री पनि छोरी हुन् भनेका थिए। प्रधानमन्त्री ओलीले घटनामा संलग्नहरुलाई कारबाही गर्न टोली खटाएको भन्दै निर्मलाका आमा बाबुलाई आश्वस्त पारेका थिए। 

सो भेटमा सुदुरपश्चिमका सबै दलका नेताहरु उपस्थित रहेका थिए। कार्यक्रममा मन्त्री विना मगर, काँग्रेस नेता रमेश लेखक, नेकपा नेता लेखराज भट्ट, काँग्रेस नेता दिलेन्द्र बडु, एनपी साउद लगायतका त्यस क्षेत्रका अन्य नेताहरु तथा मानवअधिकारवादी र महिला अधिकारकर्मीको पनि सहभागिता थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै