• २०८१ बैशाख १४ शुक्रबार

काँग्रेस सांसदको सरकारलाई प्रश्न - के अब संबिधान संशोधन गरेर दुई प्रधानमन्त्री बनाउने हो ?

kharibot

काठमाडौँ।  प्रतिनिधि सभाको आजको बैठकमा सरकारलाई संबिधान संशोधन गरेर दुई प्रधानमन्त्री राख्नु हुन्छ भन्ने प्रश्न गरेका छन्। 

बैठकको शुन्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद भरत शाहले नेपाल वायु सेवा निगममा पहिलेका कार्यकारी महाप्रवन्धक हुदा हुदै नयाँ कार्यकारी अध्यक्ष नियुक्ति गरिएको भन्दै अब देशमा पनि दुई जना प्रधानमन्त्री राख्ने हो भनेर प्रश्न गरेका थिए। 

सांसद शाहले पार्टीमा पनि दुई कार्यकारी अध्यक्ष रहेकै छन् अब दुई तिहाईको बलमा के अब संबिधान संशोधन गरेर दुई प्रधानमन्त्री बनाउने हो भन्दै प्रश्न गरेका थिए।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै