• २०८१ बैशाख १३ बिहीबार

स्मार्ट टेलिकमद्वारा सिमकार्ड खरिदमा थप सुविधा 

kharibot

काठमाडौं  । नेपालको तेस्रो ठूलो टेलिकम कम्पनी स्मार्टले सिमकार्डको खरिदमा थप रु. ४० प्रदान गरेको छ । स्मार्टको सिमकार्ड खरिदमा प्राप्त हुने विद्यमान सुविधाको साथथप रकम प्राप्त गर्न सकिने छ । रु. ९९ मा सिम खरिद गर्ने ग्राहकले १० मिनेटको टक टाइम, १० एसएमएस, २०० एमबि डाटाको साथ रु. ५० मेन व्यालेन्सको साथमाअतिरिक्त रु. ४० समेत गरी मेन व्यालेन्स प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

स्मार्टले यस अघि रिब्रान्डिङ्गको साथ "इट्स फ्रिडम" भन्ने नयाँ योजनाहरु प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत हरेक सिमकार्डको खरिदमा वा रिचार्जमा डाटा, भ्वाइस, एसएमएसमा अतिरिक्त सुविधाहरु प्राप्तगर्न सकिने कम्पनीले जनाएको छ । साथै २९ रुपैयाँमा ५०० एमबिडाटा, ९० पैसा-प्रति मिनेट भ्वाइस, तथा ५० पैसा एसएमएस (सरकारी कर बाहेक) एवं अझ न्यूनतम शूल्कमा अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधा पनि योजनामा समावेश गरिएको छ । 

काठमाडौंमा फोरजीको समूहअन्तर्गत स्मार्ट ले न्यूनतम शुल्कमा विभिन्न फोरजी डाटा प्याकहरु उपलब्ध गराउँदै आएको छ । प्रयोगकर्ताहरुको सुविधा एवं आवश्यकता बमोजिम ठूलोदेखि सानो साइजमा डाटा प्याकहरु उपलब्ध गरिएको छ । 

स्मार्ट सिम तथा अन्य सेवाहरुको लागि स्मार्टले तोकेका विभिन्न ग्राहक सेवा केन्द्रहरुमा सम्पर्क गर्न सकिने छ । स्मार्ट सेन्टरहरु लब भवन – कुमारी पाटी, रुद्र भवन– पुतली सडक, आर एन भवन – सूर्य विनायक, भक्तपुर तथा अरविन्द कम्प्लेक्स – न्यू रोड पोखरामा रहेका छन् । 

आम नेपालीहरु माझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट टेलिकमको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पुर्याउने यसको लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत युनिफाइड लाइसेन्स प्राप्त गरेको छ । दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ । 

स्मार्ट टेलि कल प्रालिले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोरजि सेवा काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै