• २०८१ बैशाख ८ शनिबार

सेयरबजारमा गिरावट, आधा अर्बको कारोबार 

kharibot

काठमाडौं । साताको सुरुवाती कारोबार दिन आइतबार उच्च अंकले बढेको नेप्से सूचक तथा कारोबार रकम साताको दोस्रो कारोबार दिन सोमबार भने घटेका छन् ।

नेप्से आज शुन्य दशमलव १३ अंकले घटेर १२ सय ५६ दशमलव ४० विन्दुमा झर्दा सेन्सिटिभ शून्य दशमलव ४९ अंकले घटेर दुई सय ६६ दशमलव ४४ विन्दुमा झरेको छ । एक सय ६७ कम्पनीहरुको छ हजार नौ सय ४१ वटा कारोबारमा २४ लाख २५ हजार तीन सय तीन कित्ता सेयर खरिद बिक्री भएका छन ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ६८ करोड ७६ लाख ८८ हजार छ सय ५३ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा पाँच वटा समूहको सूचक बढेकाछन भने छ वटा समूहको सूचक घटेकाछन । उच्च अंकले बढेको निर्जिवन बीमा समूहको सूचक दुई सय तीन दशमलव ४६ अंकले बढेर छ हजार ५७ दशमलव आठ विन्दुमा चढ्दा आठ करोड ९८ लाख ४१ हजार तीन सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जीवन बीमा समूहको सूचक पनि एक सय १९ दशमलव ७३ अंकले बढेर पाँच हजार सात सय ४० दशमलव ४४  विन्दुमा चढ्दा तीन करोड तीन लाख ६७ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

लघुबित्त, टे«डिङ र उत्पादनमुलक समूहको सूचक पनि आज बढेकाछन । वाणिज्य बै.क समूहको सूचक भने आज सात दशमलव दुई अंकले घटेर एक हजार ९९ दशमलव ६२ विन्दुमा झर्दा ३३ करोड २१ लाख चार हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैक समूहको सूचक पनि पाँच दशमलव १५ अंकले घटेर १५ सय नौ दशमलव २३ विन्दुमा झर्दा तीन करोड ६३ लाख ६१ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यीबाहेक जलबिद्युत, होटल, फाईनान्स र अन्य समूहको सूचकमा पनि गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको भार्गभ विकास बैंकको सेयर मुल्य नौ रुपैयाँ ४२ पैसाले बढेर एक सय ५१ रुपैयाँमा प्र्रतिकित्ता सेयर कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको एक्सेल डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ २९ पैसाले घटेर दुई सय ९१ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको ग्लोवल आईएमई बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता एक सय ७९ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड २६ लाख ९० हजार आठ सय ५४ रुपैयाँको कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै