• २०८१ बैशाख ८ शनिबार

रुपन्देहीमा सुविधा सम्पन्न बस सञ्चालनमा 

kharibot

काठमाडौं । अशोक लेल्याण्ड कम्पनीका सुविधासम्पन्न बसहरु रुपन्देहीमा लुम्बिनी मेट्रो सिटीले सञ्चालनमा ल्याएको छ । एसी, सीसीटीभी, डिजिटल डिस्प्ले तथा यात्रुमैत्री सुविधा भएका बस सञ्चालनमा आएको हो । 

कम्पनीका अध्यक्ष धनबहादुर अधिकारीले सबैभन्दा धेरै यात्रु राख्न मिल्ने बस सञ्चालन गर्ने सरकारको नीतिअनुसार उक्त बस सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार विद्यार्थीलाई ४५ प्रतिशत, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत र अपांगलाई निःशुल्क बसयात्रा गराइनेछ । 

भाडाको हकमा सरकारले तोकेअनुसार एसी डिलक्सको भाडा विनियोजन गरिने उनको भनाइ छ । सोमबार साँचो हस्तान्तरण कार्यक्रममा आईएमई मोटर्सका प्रमुख अधिकृत सुरज भट्टराईले अशोक लेल्याण्डको माग नेपालमा बढेको बताए ।

एक करोड चुक्ता पुँजीबाट सुरु भएको प्रालिले पहिलो चरणमा बुटवलबाट बेलहिया, लुम्बिनी बर्दघाट, तौलिहवा र कृष्णनगरका लागि बसहरु सञ्चालनमा आउनेछन् ।

असोजभित्र १० वटा र मंसिरसम्म कम्पनीले ३० वटा बस ल्याई प्रदेश ५ का १२ वटै जिल्लादेखि काठमाडौं, पोखरा, विराटनगर र काँकडभिट्टासम्म सेवा विस्तार गरिने बताइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै