• २०८१ बैशाख ११ मंगलबार

टिभीएसले खोल्यो थप १० अत्याधुनिक नयाँ शोरुम

kharibot

काठमाडौँ। टिभीएस मोटर कम्पनीको नेपालको लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले देशभर आफ्नो थप १० अत्याधुनिकशो रुमहरु उद्घाटन गरेको छ । 

आफ्नो अत्याधुनिक शोरुमहरुमा टिभीएसको सम्पुर्ण मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुनुका साथै केहि समय अघि मात्र बजारमा ल्याइएको टिभीएस अपाचे आरआर ३१०, टिभीएस अपाचे आरटिआर १६० फोर भी र टिभीएस एनटोर्क १२५ स्कुटर पनि उपलब्ध रहने छ ।

यहि आश्विन १ गते देखि व्यवसायिक रुपमा सञ्चालनमा आएका नयाँ अत्याधुनिक शोरुमहरु काठमाडौँको कान्तिपथ, कुपन्डोल, टुसाल, र काठमाडौँ बाहिर इनरुवा, राजविराज, सिराहा, धादिड्ड, गरुडा, कावासोती र डडेलधुरामा रहेका छन्।  ग्राहकहरुले यी शोरुमहरु मार्फत टिभीएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटरहरु खरिद गर्न सक्ने छन्।  

जगदम्बा मोटर कम्पनीका उपाध्यक्ष दिपक अग्रवालका अनुसार ग्राहकहरुले अबका दिनहरुमा सुविधाजनक ढंगले स्थानीय शोरुममार्फत सेवा प्राप्त गर्न सक्ने छन् । टिभीएस ग्राहकहरुको सहज सुबिधा र किफायतीपन प्रति सदैव प्रतिवद्द रहेको अग्रवालले बताए ।

टि भी एस प्रतिआफ्नाग्राहकहरुको लगानी सुरक्षितमहशुशगर्न सक्नुको साथै र सकारात्मकप्रतिक्रियाप्रदानगरिरहेको र भबिस्यमापनिकायम रहने कुरामाकम्पनि ढुक्क रहेको उल्लेख गरेको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै