• २०८१ बैशाख ७ शुक्रबार

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो, पेट्रोल लिटरको ११४ रुपैयाँ पुग्यो

kharibot

काठमाडौं।  नेपाल आयल निगमले पेट्रोल र डिजलको मुल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिएका छन् ।

बढेको मुल्यपछि अब पेट्रोल प्रति लिटरको ११४ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको मुल्य १०१ रुपैयाँ प्रति लिटर भएको छ । निगमले यो मूल्य अन्तर्राष्ट्रिय मुल्य अनुसार स्वचालित मूल्य अनुसार समायोजन भएको जनाएको छ । 

हवाई इन्धन र एल पी ग्यासको मूल्य भने यथावत छ ।  मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रति लिटर २ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमले जनाएको छ ।   यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर ३०९ रुपैयाँ ७९ घाटा रहेको छ ।  समग्रमा निगमलाई १५ दिनमा झण्डै ३१ करोड ६७ लाख घाटा हुने देखिन्छ ।

यसअघि गएको भदौ  २० गते पेट्रोलमा १ रुपैयाँ , डिजल र मट्टीतेलमा ३ रुपैया र एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै